Logo

२०८३, आश्विन ११गते


images
images

रुपन्देहीमा बन्दको आंंशिक प्रभाव, सालझण्डीमा शंकास्पद वस्तु भेटियो

रुपन्देहीमा बन्दको आंंशिक प्रभाव, सालझण्डीमा शंकास्पद वस्तु भेटियो

images
  • रुपन्देहीमा बन्दको आंंशिक प्रभाव, सालझण्डीमा शंकास्पद वस्तु भेटियो
    images
    images

     रुपन्देही । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपासहित ४ दलले आह्वान गरेको नेपाल बन्दको प्रभाव रुपन्देहीमा आंशिकरुपमा परेको छ ।
    रुपन्देहीका बुटवल, भैरहवा, मणिग्राम, देवदह, मुर्गियालगायतका सहरी र ग्रामीण बजारहरु खुलेका छन् । सडकमा निजी सवारी साधनहरु पनि चलेका छन् । लामो र छोटो दुरीका सार्वजनिक सवारी साधन भने चलेका छैनन् ।

    images
    images
    images

    उद्योग,कलकारखाना सञ्चालन भएका छन् तर विद्यालय र क्याम्पसहरुको पठनपाठन प्रभावित भएको छ ।
    बन्दका क्रममा रुपन्देही र कपिलवस्तुको सीमा सैनामैना नगरपालिकालिका ११ मा पर्ने कोठी जंगल क्षेत्रमा पूर्वपश्चिम राजमार्ग छेउमा शंकास्पद वस्तु फेला परेको छ ।
    रातो कपडाले बेरेर नाइलनको डोरीले बाँधेर राखेको शंकास्पद वस्तु फेला परेको हो । उक्त वस्तु विष्फोटक पदार्थ हो होइन भन्ने यकिन गर्न नेपाली सेनाको बम डिस्पोजल टोलीलाई जानकारी गराइएको इलाका प्रहरी कार्यालय सालझण्डी रुपन्देहीका प्रमुख प्रहरी निरीक्षक जगन्नाथ मरासिनीले बताए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।