Logo

२०८३, कार्तिक २९गते


images
images

काँग्रेसमै फर्किए जितेन्द्र नारायण देव

काँग्रेसमै फर्किए जितेन्द्र नारायण देव

images
  • काँग्रेसमै फर्किए जितेन्द्र नारायण देव
    images

    काठमाडौँ । केही दिनअघि नेकपा एमाले परित्याग गरेका जितेन्द्र नारायण देवले नेपाली कांग्रेसमा पुनः फर्किएका छन् ।

    images
    images
    images

    देवले मंगलबार विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेसको हालै सम्पन्न विशेष राष्ट्रिय महाधिवेशनबाट पारित नीति, विचार, योजना, प्रस्ताव र प्रतिबद्धताप्रति स्वागत, समर्थन तथा आत्मसात् गर्दै पार्टीमा पुनः प्रवेश गरेको घोषणा गरेका हुन् ।

    images
    images
    images

    उनले विशेष राष्ट्रिय महाधिवेशनबाट निर्वाचित गगनकुमार थापाको नेतृत्वमा रहेको केन्द्रीय कार्यसमितिप्रति पूर्ण प्रतिबद्धता र आस्था व्यक्त गर्दै आजकै मितिबाट आफू र आफ्ना समर्थकहरू नेपाली कांग्रेसमा औपचारिक रूपमा फर्किएको बताएका छन् ।

    images
    images

    देवले जारी वक्तव्यमा विशेष महाधिवेशनले अघि सारेका नवीन नीति र अग्रगामी सोचले देशमा सामाजिक तथा राजनीतिक रूपान्तरणको अभियानलाई प्रभावकारी र निर्णायक रूपमा अघि बढाउने विश्वास व्यक्त गरेका छन्। साथै पार्टी रूपान्तरणसँगै देशलाई जनहितका पक्षमा बदल्ने अभियान सफल हुने उल्लेख गरेका छन् ।

    संविधान सभा सदस्यसमेत रहेका देव यसअघि कांग्रेसबाट एमालेमा प्रवेश गरेका थिए । तर पछिल्लो राजनीतिक परिस्थितिपछि उनले एमाले छाडेर पुनः कांग्रेसमै फर्किएका छन् ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # जितेन्द्र नारायण देव
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।