Logo

२०८३, कार्तिक २९गते


images
images

रोहिणीमा उम्मेदवार खत्रीको घरदैलो, पछाडि परेको वर्गलाई पहुँचमा पूर्याउने प्रतिबद्धता

रोहिणीमा उम्मेदवार खत्रीको घरदैलो, पछाडि परेको वर्गलाई पहुँचमा पूर्याउने प्रतिबद्धता

images
  • रोहिणीमा उम्मेदवार खत्रीको घरदैलो, पछाडि परेको वर्गलाई पहुँचमा पूर्याउने प्रतिबद्धता
    images

    देवदह । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि रुपन्देही क्षेत्र नम्बर-१ मा नेपाली कांग्रेसका उम्मेदवार हिराबहादुर खत्रीले विपन्न तथा पछाडि परेका वर्गको शिक्षा, स्वास्थ्य र रोजगारीमा पहुँच बढाउने गरी नीतिगत पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

    images
    images
    images

    रोहिणी गाउँपालिका वडा नं. ३, ४ र ७ मा घरदैलो तथा जनभेटघाट कार्यक्रम गर्दै उनले आर्थिक र सामाजिक रूपमा पछाडि परेका समुदायको जीवनस्तर उकास्न राज्यस्तरबाट स्पष्ट नीति आवश्यक रहेको बताए । त्यस्ता नीति निर्माणमा आफूले सक्रिय भूमिका खेल्ने र सरकारसँग समन्वय गर्ने उनको भनाइ थियो ।

    images
    images
    images

    बदलिएको कांग्रेसले अब तल्लो तहका नागरिकको जीवन सहज र सम्मानजनक बनाउने खालका कार्यक्रम अघि सार्ने उल्लेख गर्दै उनले सबै वर्ग र समुदायको आवाज सुन्ने पार्टी कांग्रेस भएको दाबी गरे । मुलुकमा स्थिर सरकार निर्माणका लागि कांग्रेसको बहुमत आवश्यक रहेको उनको भनाइ थियो ।

    images
    images

    कृषि र पर्यटनलाई विकासका मुख्य आधारका रूपमा अघि बढाउनुपर्ने बताउँदै उनले यी क्षेत्रमा आबद्ध नागरिकको आयस्तर वृद्धि हुने नीति आवश्यक रहेको उल्लेख गरे। तल्लो तहका नागरिकको अवस्था सुधार गर्ने विषयमा आफ्नो भूमिका प्रभावकारी हुने उनले बताए ।

    उम्मेदवार खत्रीले रुपन्देही–१ का विभिन्न पालिकामा घरदैलो कार्यक्रमलाई निरन्तरता दिएका छन् । देवदह, तिलोत्तमा र ओमसतिया क्षेत्रका विभिन्न वडा तथा टोलमा जनभेटघाट र सुझाव संकलन अभियान जारी रहेको निर्वाचन परिचालन संयोजक हरि काफ्लेले जानकारी दिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रोहिणी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।