Logo

२०८३, श्रावण २७गते


images
images

रुरुक्षेत्रमा युवा संघको वडा कमिटी गठन

रुरुक्षेत्रमा युवा संघको वडा कमिटी गठन

images
  • रुरुक्षेत्रमा युवा संघको वडा कमिटी गठन
    images
    images

    गुल्मी । नेकपा एमालेकाे भातृसँगठन राष्ट्रिय युवा सँघ रुरुक्षेत्र १ काे वडा कमिटीको अध्यक्षमा महेश कँडेल चुनिएका छन् । उनको अध्यक्षतामा युवा संघको ३५ सदस्यीय वडा कमिटी गठन भएकाे छ ।

    images
    images
    images


    जसको उपाध्यक्ष, सचिव, सहसचिव द्वय र काेषाध्यक्षमा क्रमशः कमल ज्ञवाली, विवेक थापा, शिव ज्ञवाली, विष्णु ज्ञवाली र विज्ञान कालिराज रहेका छन् ।  

    images
    images
    images

         
    अधिवेशनमा बोल्दै नेकपा एमाले रुरुक्षेत्र गाउँपालिकाका ईन्चार्ज हिमाल श्रेष्ठले युवाहरू रचनात्मक र सिर्जनशील हुनुपर्ने बताउँदै नेकपा एमाले जतिबेला पनि युवाहरूको साथमा रहेकाे बताए ।
       
    नवगठित वडा कमिटीलाई बधाई ज्ञापन गर्दै राष्ट्रिय युवा सँघका केन्द्रीय सदस्य माेति प्रसाद श्रेष्ठले देशकाे समृद्धिकाे बाटाेमा हिँडाउने कामलाई अझै अगाडि बढाउने काम नेपाली युवाकाे काँधमा आएकाे बताएका थिए ।
       
    कार्यक्रममा नवगठित कमिटीलाई प्रेस चौतारीका लुम्बिनी प्रदेश सदस्य   कृष्ण अन्जान, अनेमसँघका केन्द्रीय सदस्य तुल्सी श्रेष्ठ, युवा सँघका जिल्ला सचिव बिमल ज्ञवाली, रिटर्नि फेडरेशन नेपालका जिल्ला अध्यक्ष रविलाल पन्त नेकपा एमालेका रुरुक्षेत्र गाउँ कमिटीका उपाध्यक्ष लक्ष्मी ज्ञवाली सदस्य माधव ज्ञवालीले शुभकामना दिएका थिए ।
        
    सुन्दर भण्डारीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा चिरन्जिवि ज्ञवालीको सन्चालन र विवेक थापाको स्वागत रहेकाे थियाे ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।