Logo

२०८३, कार्तिक २९गते


images
images

रुपन्देही १ : तिलोत्तमाका ९ वटै वडामा नेकपाको घरदैलो अभियान

रुपन्देही १ : तिलोत्तमाका ९ वटै वडामा नेकपाको घरदैलो अभियान

images
  • रुपन्देही १ : तिलोत्तमाका ९ वटै वडामा नेकपाको घरदैलो अभियान
    images

    देवदह । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देही क्षेत्र नं. १ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार घनश्याम यादवले तिलोत्तमा नगरपालिकाका ९ वटै वडामा घरदैलो अभियान पूरा गरेका छन् । निर्वाचन परिचालन समिति तिलोत्तमाका संयोजक प्रेम जीएमका अनुसार आइतबार र सोमबार सबै वडामा एक चरणको घरदैलो सकिएको हो ।

    images
    images
    images

    घरदैलोका क्रममा मतदातासँग भेटघाट, सुझाव संकलन र चुनावी प्रचार गरिएको पार्टीले जनाएको छ । घरदैलोमा मतदाताबाट उत्साहजनक प्राप्त भएको संयोजक जिएमले बताए । 

    images
    images
    images

    मंगलबारदेखि रोहिणी गाउँपालिकाका वडामा घरदैलो तथा कार्यकर्ता भेटघाट कार्यक्रम सञ्चालन गरिएको निर्वाचन परिचालन मूल समितिका संयोजक लेखनाथ न्यौपानेले जानकारी दिए । समितिले तय गरेको तालिका अनुसार र्‍याली, घरदैलो, कार्यकर्ता भेटघाट र सभा भइरहेका छन् ।

    images
    images

    घरदैलोका क्रममा उम्मेदवार यादवले उत्पादनका आधारमा किसानलाई अनुदान, मल–बिउको सहज व्यवस्था, कृषि उपज संकलन केन्द्र र शीत भण्डार स्थापना, भेटेनरी अस्पताल सञ्चालनलगायत कार्यक्रम अघि सारेका छन् । भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न निर्वाचन महत्वपूर्ण भएको उनको भनाइ छ ।

    उनले उन्नत कृषि नीति कार्यान्वयन, नदी कटान नियन्त्रण, रोहिणी नदी करिडोर विकास, स्थानीय औद्योगिक करिडोर विस्तार, सामुदायिक विद्यालयको सुदृढीकरण, सीपमूलक शिक्षामा जोड, मुस्लिम बस्ती व्यवस्थापन, भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने पहल र विपद् व्यवस्थापन सुधारलाई प्राथमिकतामा राखेको बताए ।

    रुपन्देही–१ अन्तर्गत देवदहका १२, तिलोत्तमाका ९, रोहिणीका ७ र ओमसतियाका ५ गरी ३३ वडा पर्छन् । यस क्षेत्रमा १ लाख ४६ हजार ८ सय २४ मतदाता रहेका छन् ।

    यसअघि २०६४ सालको निर्वाचन जितेका यादव पुनः प्रतिस्पर्धामा छन् । क्षेत्रमा नेपाली कांग्रेसका हिरा केसी, नेकपा एमालेका दधिराम न्यौपाने, राष्ट्रिय स्वतन्त्र पार्टीका सुनिल लम्साल र राप्रपाका प्रज्वल बोहोरा लगायतका उम्मेदवार मैदानमा छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # घनश्याम यादव
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।