Logo

२०८३, कार्तिक २९गते


images
images

देवदहका १२ वटै वडामा नेकपाको घरदैलो, उत्साहित घनश्याम

देवदहका १२ वटै वडामा नेकपाको घरदैलो, उत्साहित घनश्याम

images
  • देवदहका १२ वटै वडामा नेकपाको घरदैलो, उत्साहित घनश्याम
    images

    देवदह । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देही क्षेत्र नं. १ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार घनश्याम यादवले देवदहका १२ वटै वडामा घरदैलो पुरा भएको जनाएका छन् । बुधवार सेतोमसीसंग कुरा गर्दै उम्मेदवार यादवले घरदैलो अभियानमा नागरिकले सुझावसहित उत्साहजनक समर्थन जनाएको बताए ।

    images
    images
    images

    'हामी देवदहका १२ वटै वडामा पुग्यौं । राम्रो जनसमर्थन छ । खासगरी अहिले जेन्जी आन्दोलनले उठाएका एजेन्डा संविधान निर्माणकै बेला आफ्नो पार्टीले अघि सारेको विषय जनताले नै हामीलाई सम्झाउनु भएको छ ।' उनले भने, 'हाम्रो एजेन्डा सहि छन् भन्ने भाव नागरिकमा पाइएको छ, मा उत्साहित छु ।' 

    images
    images
    images

    आफुहरुले संविधान निर्माणकै बेला प्रत्यक्ष निर्वाचित कार्यकारी, सानो आकारको पूर्ण समानुपातिक संसद र जिल्ला संरचना खारेज गरी बलियो स्थानीय तह र प्रदेश बनाउने प्रस्ताव गरेको उल्लेख गर्दै यादवले ती एजेन्डा सहि भएको जेन्जी आन्दोलनले पनि पुष्टि गरेको बताए ।  

    images
    images

    घरदैलोका क्रममा मतदातासँग भेटघाट, सुझाव संकलन र चुनावी प्रचार गरिएको पार्टीका देवदह संयोजक दीपक न्यौपानेले बताए ।

    घरदैलोका क्रममा उम्मेदवार यादवले उत्पादनका आधारमा किसानलाई अनुदान, मल–बिउको सहज व्यवस्था, कृषि उपज संकलन केन्द्र र शीत भण्डार स्थापना, भेटेनरी अस्पताल सञ्चालनलगायत कार्यक्रम अघि सारेका छन् । भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न निर्वाचन महत्वपूर्ण भएको उनको भनाइ छ ।

    उनले उन्नत कृषि नीति कार्यान्वयन, नदी कटान नियन्त्रण, रोहिणी नदी करिडोर विकास, स्थानीय औद्योगिक करिडोर विस्तार, सामुदायिक विद्यालयको सुदृढीकरण, सीपमूलक शिक्षामा जोड, मुस्लिम बस्ती व्यवस्थापन, भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने पहल र विपद् व्यवस्थापन सुधारलाई प्राथमिकतामा राखेको बताए ।

    रुपन्देही–१ अन्तर्गत देवदहका १२, तिलोत्तमाका ९, रोहिणीका ७ र ओमसतियाका ५ गरी ३३ वडा पर्छन् । यस क्षेत्रमा १ लाख ४६ हजार ८ सय २४ मतदाता रहेका छन् ।

    यसअघि २०६४ सालको निर्वाचन जितेका यादव पुनः प्रतिस्पर्धामा छन् । क्षेत्रमा नेपाली कांग्रेसका हिरा केसी, नेकपा एमालेका दधिराम न्यौपाने, राष्ट्रिय स्वतन्त्र पार्टीका सुनिल लम्साल र राप्रपाका प्रज्वल बोहोरा लगायतका उम्मेदवार मैदानमा छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # घनश्याम यादव
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।