सुनवल । सुनवल खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको नवौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारणसभामा उद्घाटन मन्तव्य राख्दै सुनवल नगरपालिकाका कार्यवाहक नगरप्रमुख दधिराम अर्यालले सुनवलवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउन नगरपालिकाले सुनवल खानेपानी संस्थासंग सहकार्य गर्दै आएको बताए । 
शुद्ध खानेपानी विना स्वस्थ जीवनको कल्पना गर्न नसकिने उल्लेख गर्दै कार्यवाहक नगरप्रमुख अर्यालले नगरवासीका आधारभुत आवश्यकता परिपुर्तिका लागि नगरपालिका सधैं लागिरहने बताए ।
साधारणसभामा संस्थाका अध्यक्ष खड्ग बस्नेतले संस्थाको वार्षिक प्रतिबेदन पेश गरेका थिए । प्रतिबेदन पेश गर्दै अध्यक्ष बस्नेतले वर्षभरीको उपलब्धिबारे जानकारी एवं संस्थाको आगामी योजनाबारे उल्लेख गरेका थिए । 
त्यसैगरी संस्थाका कोषाध्यक्ष तितली देवी पुनले आर्थिक प्रतिवेदन पेश गर्दै संस्थाको आयव्ययबारे विवरण उपभोक्तालाई जानकारी गराएका थिए ।
प्राप्त प्रतिवेदन अनुसार सुनवल खानेपानीका ३५१८ उपभोक्ता रहेका छन् । साथै ३२ हजार जनसंख्या उक्त खानेपानीबाट लाभान्वित भएको संस्थाले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology