रेशम अधिकारी, काठमाडौँ । प्रकाश सपुतको नयाँ गीत ‘पिर’ उनकै आधिकारिक युट्युब च्यानलमार्फत शुक्रबार साँझ सार्वजनिक भयो । गीतमा नेकपा माओवादीले सञ्चालन गरेको 'जनयुद्ध' पछि राजनीतिक पार्टीमा भएको परिवर्तनको विषयलाई समेटिएको छ। 'जनयुद्धमा' सामेल भएकाहरुले पछि भोग्नु परेको पीडालाई समेत गीतमा देख्न सकिन्छ । आफ्ना नेतृत्व गर्ने नेताहरुमा भएको परिवर्तन र उनीहरुले आफ्नै सहयोद्धाहरुलाई गरेको बेवास्ताको कथा गीतले बोलेको छ।
सपुतले गाएका गीत सबैको मुख-मुखमा झुन्डिन्छन्। यो गीत पनि २४ घण्टा नबित्दै युटुबको ट्रेन्डिङमा आयो । नयाँ गीत ‘पीर’ रिलिज भएको २४ घण्टा पनि नबित्दै ट्रेन्डिङमामा त् आयो नै तर विवादबाट भने टाढा हुन सकेन । जनयुद्धमा सहभागी जनमुक्ति सेनाको दुःखमा आधारित भएर बनाइएको १६ मिनेट २५ सेकेण्ड लामो गीत यतिबेला सामाजीक संजालमा चर्चाको बिषय बनेको छ ।
किन विवादमा तानियो सपुतको गीत ?
गित सिर्जना गर्न लामो समय लिने सपुतको यो गीतलाई लिएर यति बेला २ खालको टिप्पणी आएका छन । कतिपयले यो गीत वास्तबिकता बोकेको भनेका छन भने कतिपयले माओवादी महिला छापामारले यौन व्यवसाय गरेको देखाउन खोजिएको आरोप लगाएको भनेका छन्।
“दु:ख पाउने सबै महिलाले देह व्यापार गर्दैनन् । विषयबस्तु ठिक हो तर देह व्यापारमा लगेर जोडिनु गलत छ” एक दर्शकले सेतोमसीलाइ भने ।
त्यस्तै अर्का दर्शक हरि सापकोटा भन्छन “गितमा माओवादी अनि युद्धलाइ नराम्रो भन्न खोजिएको छैन । ६२/६३ पछि ८० प्रतिशत योद्धाको अबस्था त यहि नै छ नि होइन र ? युद्ध घाइते, अपांगहरु मिडियामा आइरहनुहुन्छ, हाम्लाइ के मिल्यो र भन्दै । यस्को जवाफ न तपाईं संग छ, न म संग । खालि गणतन्त्रबाहेक युद्धले आम नागरिकलाई के दियो ? जनयुद्धमा होमियका नेता कमान्डरहरु धेरै परिवर्तन भैइरहेका छन अनि कुर्चिको लागि लडिरहेका छन । जस्तो जनयुद्ध अघिको सोच, बिचार चाल चलन १ प्रतिशत पनि छैन नेताहरुमा । यसको मतलब यो होइन कि जनयुद्ध गलत थियो तर नेतामा कुर्चि बाहेक अरु के हि बाँकि छ जस्तो लाग्दैन अनि देख्दिन पनि’’
यता नेकपा माओवादी केन्द्रसम्बद्ध अनेरास्ववियू क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले सपुतलाई गीत हटाउन चेतावनी नै दिएकी छिन् । उनले सर्वाजनिक माफी मागेर तत्काल युट्युबबाट गीत नहटाए गैरजिम्मेवार हर्कत सहेर नबस्ने बताएकी छन् ।

त्यस्तै माओवादीका केन्द्रीय सदस्य दीपशिखाले पनि गीतप्रति आपत्ति जनाएका छन् ।

के गीत हट्न सक्छ ?
प्रकाश सपुत ठुला विवाद झेलेका या राजनैतिक दवाव भोगेका कलाकार होइनन, उनका -गीत जुधेका या संगीत बिग्रेका साना साना विवाद बाहेक 'ठूला राजनैतिक स्तरको विवाद' उनले आजसम्म झेल्नु परेको देखिएको थिएन।
तर २०७५ सालमा फर्केर हेर्दा गायक पशुपति शर्माको गित “लुट्न सके लुट कान्छा” युट्युबबाट हटाइएको थियो । राष्ट्रपति, सरकार र कर्मचारीलाई तिखो व्यङ्ग्य गरेर बनाइएको गितप्रति दवाव आएपछि उनले माफी माग्दै उक्त गीत युट्युबबाट हटाएका थिए ।
यता प्रकाश सपुत आफ्नो विवादित गीतबारे हालसम्म केहि बोलेका छैनन् । माओवादी लडाकु युवतीलाई देह ब्यापारमा संलग्न भएको देखाउनु” लाई मुख्य मुद्दा बनाएर सपुतको गीत डिलिट गराएर उनलाई माफी मग्न लगाउन सक्ने आंकल गर्न सकिन्छ । यदि उक्त गीत पनि चौतर्फी बिरोध र दवाब आए गित युटुबबाट नहट्ला भन्न सकिन्न । यदि युटुबबाट उक्त गीत हटाइयो यो भने सपुतले गीतबाट खासै कमाइ गर्न सक्ने छैनन् ।
गीतसंगितको क्षेत्र भनेको मनोरञ्जनका हिसाबले फराकिलो क्षेत्र मानिन्छ। सबैको फरक फरक विचार अनि सोंच हुन्छ। राजनैतिक र सामाजिक समस्यालाई कसरी देखाउने भन्नेमा कलाकारहरू पनि गम्भीर हुन जरुरी छ ।
गीतको भिडियो
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology