Logo

२०८३, कार्तिक २९गते


images
images

प्रतिनिधिसभा निर्वाचन

खुल्ला सीमा व्यवस्थापन र नागरिक सुरक्षामा राप्रपा उम्मेदवार बोहराको जोड

खुल्ला सीमा व्यवस्थापन र नागरिक सुरक्षामा राप्रपा उम्मेदवार बोहराको जोड

images
  • खुल्ला सीमा व्यवस्थापन र नागरिक सुरक्षामा राप्रपा उम्मेदवार बोहराको जोड
    images

    धकधइ । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)बाट रुपन्देही १ का उम्मेदवार प्रज्जवलबोहरा (प्रशान्त) ले खुल्ला सिमालाई व्यवस्थित गरिनुपर्ने बताएका छन् । अवैध कारोबारमा नियन्त्रण, प्रभावकारी सुरक्षा, चेलीवेटी बेचबिखन नियन्त्रणका लागि भारतसँगको खुल्ला सिमा बाधक भएको भन्दै त्यसलाई व्यवस्थित बनाउने योजना अघि सारेका छन् ।

    images
    images
    images

    क्षेत्रका विभिन्न गाउँबस्ती र सीमावर्ती स्थलमा चुनावी घरदैलोका क्रममा बोहोराले अव्यवस्थित सिमाका कारण राष्ट्रिय सुरक्षा र स्थानीय अर्थतन्त्रमा गम्भीर संकट निम्त्याएको बताए । स्थानियवासी लाभान्वित हुन सक्नेगरी सिमा व्यवस्थापन गर्ने आफ्नो योजना रहेको सो अवसरमा उनले बताएका छन् । ‘नेपाल र भारत बिच रोटी बेटीको सम्बन्ध छ र भारतसँगको सम्बन्धलाई अझ बलियो बनाएर नेपालले धेरै फाइदा लिन सक्ने खालको योजना ल्याउनु पर्छ ।’ बोहराले भने, ‘तर खुल्ला सिमाको कारण भइरहेको बेथिति र असुरक्षाले हाम्रो समाज जर्जर बनेको छ । तस्करी र भन्सार छलीले यहाँका व्यवसायी पलायन हुने अवस्था पुगेका छन् ।’

    images
    images
    images

    खुल्ला सिमा व्यवस्थित नहुँदा नेपाललाई मात्र नभएर भारतलाइपनि समस्या हुने गरेको उल्लेख गर्दै उनले सीमालाई व्यवस्थीत बनाउन प्रविधिमैत्री र सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाइनु पर्नेमा जोड दिए । सिमा व्यवस्थीत बनाउनुको अर्थ किसानले स्वदेशमा मलखाद नपाउँदा आफ्नोलागि ल्याएको १, २ बोरा मल रोक्ने, सामान्य नागरिकले ल्याउने दैनिक घरायसी प्रयोजनका सामान रोक्ने भने नभएको उनले जनाए ।

    images
    images

    खुल्ला सिमाका कारण हुने तस्करीले देशको राजस्वमा ठुलो धक्का पुगेको र विना भन्सार भित्रने सामानका कारण इमानदारीपूर्वक कर तिरेर व्यवसाय गर्ने स्थानीय व्यापारीहरू मर्कामा परेको उनले बताए स उम्मेदवार बोहराले स्वदेशी लगानी र व्यवसाय जोगाउन भन्सार छली पूर्णतः बन्द गरिनुपर्नेमा जोड दिए । 

    यसैगरि, खुल्ला सिमाले अपराधिक गतिविधि बढाएको र यसले जनधनको सुरक्षामा चुनौती थपेका कारण चेलिबेटी बेचबिखन र मानव ओसारपसार जस्ता जघन्य अपराध रोक्न कठिन भइरहेको उल्लेख गरे । 

    सीमा क्षेत्रमा बसोबास गर्ने न्यून आय भएका नागरिकहरूले आफ्नो दैनिक गुजाराका लागि गर्ने स–साना ओसारपसारलाई राज्यले अपराधीकरण गर्न नहुने उनको भनाइ छ । ‘ठुला तस्कर सेटिङमा उम्किने तर परिवार पाल्नका लागि दुई–चार किलो सामान ल्याउने निम्न वर्गका जनताले सास्ती पाउने अवस्थाको अन्त्य हुनुपर्छ ।’ उनले भने, ‘राज्यको कानुन पनि पालना होस् र गरिबको चुलो पनि ननिभ्ने गरी सिमाना व्यवस्थीत गर्नु पर्छ ।’ 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बोहरा
  • # खुल्ला सीमा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।