Logo

२०८३, आश्विन १०गते


images
images

वेस्ट इन्डिजलाई हराउदै भारत विश्वकपको सेमिफाइनलमा

वेस्ट इन्डिजलाई हराउदै भारत विश्वकपको सेमिफाइनलमा

images
  • वेस्ट इन्डिजलाई हराउदै भारत विश्वकपको सेमिफाइनलमा
    images
    images

    काठमाडौँ । भारत जारी टी-२० विश्वकपको सेमिफाइनलआमा पुगेको छ । भारतले वेस्ट इन्डिजलाई ५ विकेटले पराजित गरेर प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो ।

    images
    images
    images

    वेस्ट इन्डिजले दिएको १९६ रनको लक्ष्य पछाएको भारतले १९.२ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पुरा गरेको हो ।

    images
    images
    images

    भारतको जितमा सन्जु सामसनले अविजित ९७ रन बनाएका थिए । त्यस्तै तिलक बर्माले २७, कप्तान सुर्य कुमार यादवले १९ र हार्दिक पाण्डेयले १७ रन बनाएका थिए । त्यस्तै वेस्ट इन्डिजका बलर जासन होल्डर र शमार जोसेपले २-२ विकेट लिएका थिए ।

    images
    images
    images

    यसअघि टस हारेर पहिला ब्याटिंग गरेको वेस्ट इन्डिजले २० ओभरमा ४ विकेट गुमाएर १९५ रन बनाएको थियो ।  वेस्ट इन्डिजका लागि रोस्टन चेजले सर्बाधिक ४० रन बनाए भने जासन होल्डरले अविजित ३७, रोभमन पावेलले ३४, कप्तान शाइ होपले ३२ र शिमरन हिटमेयरले २७ रन बनाएका थिए । त्यसैगरी भारतीय बलर जसप्रित बुमराहले २ विकेट लिए भने हार्दिक पाण्डेय र वरुण चक्रवर्तीले एक एक विकेट लिए ।

    योजितपछि भारत विश्वकपको सेमिफाइनलमा पुगेको छ र अब सेमिफाइनलमा इङल्याण्डको सामना गर्ने छ । यो हारसँगै वेस्ट इन्डिज भने विश्वकपबाट बाहिरिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आइसीसी टी २० विश्वकप
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।