रिया बस्नेत क्षेत्री, सैनामैना । नेकपा (माओवादी केन्द्र) को भातृ संगठन वाईसिएल नेपालको सैनामैना नगरपालिकाकाे प्रथम नगर सम्मेलन सम्पन्न भएकाे छ । सम्मेलनबाट शान्ती बरालको अध्यक्षतामा ७५ सदस्यीय नगर कमिटी गठन भएकाे छ ।
जस्काे उपाध्यक्षमा दिपक सुनार, मिलन खड्का, जयलाला खत्री सचिवमा घनश्याम अर्याल र सहसचिवमा सुदिप पन्थि, मनिष जिसि, सिता कुवर र काेषाध्यक्षमा सुर्य प्रकाश चाैधरी लगायतले सैनामैना नगरमा नयाँ नेतृत्वकाे जिम्मेबारि लिएका छन ।
शनिवार आयाेजित कार्यक्रमलाई संबाेधन गर्दै प्रमुख अतिथि वाइसिएल नेपालका केन्द्रय अध्यक्ष सुमन देवकोटाले नेपाली राजनितीकाे मुलधारमा एउटै मात्र पाटी नेकपा माओवादी केन्द्र भएकाे बताए । अहिले देश माओवादीको एजेण्डामा चलिरहेकाे बताउँदै बरालले आगामि निर्वाचनमा पार्टीका एजेण्डाकाे बिषयलाई बुझाउन हामी युवा अजै बाट लागी पाटि सुदृढीकरण गर्दे अगाडि बढ्न आग्रह समेत गरे ।
त्यस्तै बिशिष्ट अतिथि पुर्व सामाजिक बिकास मन्त्री तथा लम्बिनि प्रदेश अध्यक्ष सुदर्शन वरालले मुलकाकाे सार्बभौमसत्ताकाे लागी मुलककाे बिकास र प्रगतिका लागी आम जनसमुदायकाे हितका लागी लाड्ने पाटि भनेकाे माओवादि केन्द्र भएकाे बताए । एमसिसिकाे व्याख्यात्मक टिप्पणिकाे बहस चलिरहँदा रुस र युक्रेनकाे उदाहरण दिदै आज देशकाे नेतृवले र जनमुदायले देशकाे भबिष्यकाे लागी सहि समयमा सहि निर्णय गर्न नसक्दा युद्धकाे चपेटामा पिल्सिरहकाे बताए ।
कार्यक्रमा वाइसिएल नेपाल लुम्बिनि प्रदेश ईन्चार्ज केहर सिंह कुवंर, वाइसिएल पूर्व जिल्ला अध्यक्ष तथा प्रदेश सदस्य सुजित विक, वाइसिएल प्रदेश सह संयोजक माधव वस्नेत ,माओवादी केन्द्र लुम्बिनि प्रदेश कमिटि सदस्य तथा रुपन्देहि क्षेत्र नं. ५, इन्चार्ज अमर रोका, प्रदेश कमिटि सदस्य भोला वस्याल, हस्त बहादुर सावर, दिपिका शर्मा, सैनामैना नगर इन्चार्ज राम बहादुर कुवंर, सैनामैना नगर अध्यक्ष मान बहादुर महत (नारायण) सचिव दिपक भण्डारी, तेजनारायण सुवेदी, राजेन्द्र घिमिरे, दिपक पछाई, कामना रोका, रोमनाथ न्यौपाने केशव कुवर लगायतको उपस्थीति रहेको थियाे ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology