ज्यो. पं कुन्डल कृष्ण महाराज । आज मिति २०७८ बैशाख १८ गते शनिबार । तदनुसार १ मे २०२१ । श्री शनिदेवको दर्शन गरी आजको राशिफल हेर्नुहोस ।
पञ्चाङ्ग :- वि. सं. २०७८ वैशाख १८ गते । तदनुसार ई. सं. २०२१ मे १ । शक संवत् - १९४३ । नेपाल संवत् - ११४१ चौलागा ।
चन्द्रमा - उत्तरायण । वसन्त ऋतु । वार - शनिवार । वैशाख कृष्णपक्ष । तिथि :- पञ्चमी, २२:२२ बजे उप्रान्त षष्ठी । नक्षत्र - मूल , १५:४० बजे उप्रान्त पूर्वाषाढा । योग - शिव , ९:५१ बजे उप्रान्त सिद्ध । करण - कौलव ११:२२ बजेदेखि तैतिल , २२:२२ बजे उप्रान्त भद्रा । चन्द्रराशि - धनु । आनन्दादि योग - गद । दिनमान - ३२घडी ५५ पला । सूर्योदय - बिहान ५:२७ । सूर्यास्त - साँझ १८:३७ । मजदुर दिवस ।
आजको राशिफल :
मेष (चु, चे, चो,ला,ली,लु,ले,लो,अ) :-
सरकारी काममा सफलता मिल्नेछ । सन्तान तथा परिवारबाट सहयोग प्राप्त हुनेछ । यात्राको अवसर प्राप्त हुनेछ । आज नयाँ कामको थालनि हुने योग छ । यात्राको अवसर प्राप्त हुनेछ । रोजगारी तथा व्यवसायबाट फाइदा हुनेछ । पेटमा वायुविकार जन्य समस्या आउनेछ । खानपानमा विशेष सतर्कता अपनाउनु होला ।
बृष (ई,उ,ए,ओ,वा,वी,वु,वे,वो) :-
स्वास्थ्य खराव हुन सक्नेछ । चोट पटकको संभावना रहेकोछ । मानसिक समस्याले सताउनेछ । मनमा चिन्ता बढ्ने छ । वादविवाद हुन सक्नेछ सतर्क रहनु होला । जिवजन्तुको भए रहनेछ । अध्ययन तथा वैतनिक मार्ग फलदायी रहने छैन ।आज नयाँ कामको थालनि नगरेकै राम्रो हुनेछ ।
मिथुन (का,की,कु,घ,ङ,छ,के,को,हा) :-
आर्थिक उन्नति तथा प्रगतिको योग रहेको छ । मान प्रतिष्ठा बढ्ने योग छ । मीष्ठान्न भोजन प्राप्त हुनेछ । परिवारबाट सहयोग मिल्ने छ । व्यवसायबाट प्रसस्त आमदानी हुने दिन रहेको छ । पढाइमा सफलता मिल्ने दिन रहेको छ । आजको दिन प्रेमील व्यतित हुनेछ ।
कर्कट (ही,हु,हे,हो,डा,डी,डु,डे,डो) :-
प्रेम जीवनबाट राम्रो सहयोग प्राप्त हुनेछ । शत्रु परास्त हुनेछन् । आकस्मिक धनप्राप्तिको योग छ । मनले चिताएको काम पुरा हुनेछ । प्रेममा सफल हुने दिन छ । अध्ययन तथा व्यवसायीक क्षेत्र फलदायी रहनेछन् । आज चोट पटकको संभावना रहेको छ यात्रामा सजग रहनु होला ।
सिंह (मा,मी,मु,मे,मो,टा,टी,टु,टे) :-
मिहनेतका साथ गरेको काम सफल हुनेछैन । यात्रा अर्थपूर्ण नहोला । मन अशान्त रहनेछ । धन तथा सामान हराउन सक्नेछ सजगता अपनाउनु होला । व्यापार व्यवसायबाट त्यति आम्दानी हुने छैन । विद्यार्थीहरुका लागि आजको दिन त्यति फलदायी हुने छैन । भगवान सूर्यदेवको स्मरण गर्नु आवश्यक छ ।
कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) :-
सञ्चि धनको खर्च हुनेछ । आफन्तहरु संग झगडा हुनसक्छ । पेट तथा कोखा सम्बन्धी समस्या देखिन सक्नेछ । आज नयाँकामको थालनि नगरेको राम्रो काम विग्रनेछ । मन अस्थिर रहनेछ । काममा सफलता मिल्ने छैन । अध्ययन तथा वैतनिक क्षेत्र अशुभ रहने छ । व्यवसायमा घाटा हुने दिन छ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तु,ते) :-
उपहार प्राप्तिले मन प्रसन्न रहने छ । स्वास्थ्य राम्रो रहने छ । अध्ययनको क्षेत्र फलदाइ रहनेछ । आकस्मिक धनलाभ हुने योग छ । प्रेममा सफल हुने योग छ । उपहार प्राप्त हुनेछ । आजको दिन सुखद् तथा प्रेमिल रुपमा व्यतित हुनेछ । विद्यार्थी भाइबहिनीहरुका लागि आजको दिन राम्रो रहेको छ ।
वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) :-
मनमा असन्तोष बढ्ने छ । आज नसोचेको काममा समय र धनको खर्च हुनेछ । स्वास्थ्य सम्बन्धि समस्या देखिनेछ । अनावश्यकरुपमा धनक्षय हुनेछ । आज कटुवचनको प्रयोग नगर्नु होला । अनावश्यकरुपमा विवाद उत्पन्न हुन सक्नेछ । आँखाको समस्याले सताउने छ । खानपानमा ख्याल गर्नुहोला ।
धनु (ये,यो,भा,भी,भू,धा,फा,ढा,भे) :-
स्त्रीसुख प्राप्त हुने छ । मिष्ठान्न भोजन प्राप्त हुनेछ । आज खरिद बिक्रिबाट फाईदा हुनेछ । सत्कार तथा मान सम्मान प्राप्त हुनेछ । पारिवारीक सुख प्राप्त हुनेछ । मिष्ठान्न भोजन प्राप्त हुनेछ । अन्नलाभ हुनेछ । विद्यार्थीहरुको अध्ययनको क्षेत्र राम्रो रहनेछ । व्यवसायवाट प्रसस्त आम्दानी होला ।
मकर (भो,जा,जी,खी,खु,खे,खो,गा,गी) :-
शारीरिक समस्याले मनमा चिन्ता उत्पन्न गराउनेछ । आफन्तहरुबाट असहयोग प्राप्त हुनेछ । खर्चमा वृद्धि हुनेछ । अनावश्यका दुखद् यात्रा हुनेछ । अनावश्यक रुपमा धन खर्च हुनेछ । अध्ययनमा मन जानेछैन । अनावश्यक यात्राहरु हुनेछन् । व्यवसायमा चाहे अनुसार सफलता मिल्ने छैन ।
कुम्भ (गू,गे,गो,सा,सी,सु,से,सो,दा) :-
कामहरु बन्दै जानाले सुखको अनुभुति गर्न पाउनु हुनेछ । व्यवसायि वर्गलाई आजको दिन सुखद् रहनेछ । मित्रहरुसंग मिलनको योग छ । मीठो भोजन तथा धन प्राप्त हुनेछ । व्यवसायबाट फाइदा हुने दिन छ । आफन्तबाट प्रसस्त मात्रमा सहयोग प्राप्त हुनेछ । अध्ययनको क्षेत्र सफल रहनेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :-
सरकारी काम कारोबार सफल रहनेछ । मनले चिताएको काममा सफलता मिल्ने योग छ । इष्ट सिद्धि हुनेछ । रोकिएका कामहरु पुरा हुनेछन् । तिव्रतापूर्वक काम गर्दा वेस हुनेछ । इष्ट सिद्धि तथा कर्मको फल प्राप्त हुनेछ । विद्यार्थी तथा व्यापारीहरुका लागि आजको दिन विशेष फलदायी रहनेछ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology