Logo

२०८३, आश्विन ११गते


images
images

मध्यपूर्व तनाव

रुस र चीनको इरान आक्रमण तत्काल रोक्न माग

रुस र चीनको इरान आक्रमण तत्काल रोक्न माग

images
  • रुस र चीनको इरान आक्रमण तत्काल रोक्न माग
    images
    images

    काठमाडौँ । रूस र चीनले इरानमा अमेरिकी-इजरायली आक्रमणको कडा आलोचना गरेका छन् । मोस्कोले तेहरानले परमाणु हतियार विकास गरिरहेको कुनै प्रमाण नभएको बताएको छ भने बेइजिङले संयुक्त आक्रमण तत्काल रोकिनुपर्ने माग गरेको छ ।

    images
    images
    images

    चीनका परराष्ट्रमन्त्री वाङ यीले मंगलबार इजरायली समकक्षी गिडीयोन सारलाई फोनमार्फत कुरा गर्दै अमेरिकी र तेहरानबीच भइरहेको वार्ता पर्याप्त प्रगति गरिरहेको बेला आक्रमण भएको बताएका थिए ।

    images
    images
    images

    वाङले भने- 'चीनले ईरानमाथि इजरायल र अमेरिकाद्वारा गरिएको कुनै पनि सैन्य आक्रमणको विरोध गर्दछ । युद्धले समस्या समाधान हुँदैन, बरु नयाँ समस्या र दीर्घकालीन नकारात्मक परिणाम ल्याउछ ।' उनले इजरानमा रहेका चिनियाँ नागरिक र संस्थाको सुरक्षाका लागि तत्काल ठोस कदम चाल्न सारलाई आग्रह गरेका थिए ।

    images
    images
    images

    त्यस्तै, रुसका परराष्ट्र मन्त्री सेर्गेई लावरोभले पनि अमेरिकाको इजरानमाथिको युद्धको आलोचना गर्दै यसले परमाणु हतियार विस्तार रोक्ने लक्ष्य विपरीत परिणाम निम्त्याउन सक्ने चेतावनी दिएका छन् । उनले भनेका छन्- 'अमेरिका र इजरायलको कदमको परिणाम स्वरूप ईरानमा त्यस्ता शक्तिहरू उत्पन्न हुन सक्छन्, जसले परमाणु हतियार बनाउन सक्छन् । किनकि अमेरिका तिनैमाथि आक्रमण गर्दैन जससँग पहिल्यै परमाणु हतियार हुन्छ ।'

    उनले हालका घटनाबाट अरबी देशहरू पनि परमाणु हतियार प्रतिस्पर्धामा सामेल हुन सक्ने बताउदै यसले परमाणु विस्तार नियन्त्रण बाहिर जान सक्ने चिन्ता व्यक्त गरेका छन् । लावरोभले इरानसँगको वार्ता र कूटनीतिक समाधानमा रूस तयार रहेको पनि उल्लेख गरेका छन् ।

    यसअघि शनिबार अमेरिकाले इरानमाथि पहिलो आक्रमण गरेपछि रूसको परराष्ट्र मन्त्रालयले यसलाई 'सत्यापित र अनावश्यक सशस्त्र आक्रमण' भन्ने टिप्पणी गरेको थियो । 

    चीन र रूसको आलोचनापछि क्षेत्रीय तनावलाई कूटनीतिक माध्यमबाट समाधान गर्न अन्तर्राष्ट्रिय दबाब बढेको छ, तर अमेरिकी-इजरायली कदमले मध्यपूर्वमा स्थिति अझै अस्थिर बनेको घटनाक्रमले देखाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मध्यपूर्व तनाव
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।