Logo

२०८३, आश्विन ११गते


images
images

मध्यपूर्व तनाव

एक्लियो अमेरिका, युरोपेली संघले होर्मुजमा युद्धपोत नपठाउने

एक्लियो अमेरिका, युरोपेली संघले होर्मुजमा युद्धपोत नपठाउने

images
  • एक्लियो अमेरिका, युरोपेली संघले होर्मुजमा युद्धपोत नपठाउने
    images
    images

    काठमाडौँ । युरोपेली संघले होर्मुज जलडमरूमध्यमा युद्धपोत नपठाउने जनाएको छ । संघकी विदेश नीति प्रमुख काजा कालासले युरोपेली देशहरू आफ्ना नागरिकलाई जोखिममा राख्न नचाहने भएकाले यस्तो निर्णय गरिएको बताएकी छन् ।

    images
    images
    images

    उनले विश्वमा खाद्य, मल र ऊर्जाको आपूर्ति कायम राख्न कूटनीतिक उपाय अपनाउनु आवश्यक रहेकोमा जोड दिएकी छन् ।

    images
    images
    images

    यसअघि डोनाल्ड ट्रम्पले उक्त जलडमरूमध्यमा तेल ढुवानी गर्ने जहाजहरूको सुरक्षाका लागि अन्तर्राष्ट्रिय नौसैनिक सहयोगको प्रस्ताव गरेका थिए । तर धेरै युरोपेली देशहरूले त्यसमा साथ नदिने संकेत गरेका छन् ।

    images
    images
    images

    यसैबीच अन्तर्राष्ट्रिय समुद्री संगठनले पनि सैन्य जहाज पठाउनु दीर्घकालीन समाधान नहुने जनाएको छ । संगठनका प्रमुख आर्सेनियो डोमिङ्ग्वेजका अनुसार सैन्य उपस्थितिले केही जोखिम कम गर्न सक्छ, तर पूर्ण सुरक्षा सुनिश्चित गर्न सक्दैन ।

    उनले व्यापारी जहाज र नाविकहरू अझै जोखिममै रहने भएकाले दीर्घकालीन समाधानका लागि वैकल्पिक उपाय आवश्यक रहेको बताएका छन् ।

    यसअघि जापानले पनि सो क्षेत्रमा तत्काल युद्धपोत पठाउने कुनै योजना नरहेको स्पष्ट गरेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मध्यपूर्व तनाव
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।