Logo

२०८३, आश्विन ९गते


images
images

गाेकर्णेश्वर नगरपालिकाले हास्यव्यङ्ग्य विशेष कविता प्रतियोगिता गर्ने  

गाेकर्णेश्वर नगरपालिकाले हास्यव्यङ्ग्य विशेष कविता प्रतियोगिता गर्ने  

images
  • गाेकर्णेश्वर नगरपालिकाले हास्यव्यङ्ग्य विशेष कविता प्रतियोगिता गर्ने  
    images
    images

    रेशम अधिकारी, काठमाडौं । गाेकर्णेश्वर नगरपालिका काठमामाडाैँले राष्ट्रिय हास्यव्यङ्ग्य विशेष कविता प्रतियोगिता गर्ने भएकाे छ । आइतबार पत्रकार सम्मेलन गरि नगरपालिकाले नववर्ष २०७९ को पूर्वसन्ध्यामा चैत १८ गते विशेष अतिथि कलाकारहरूको उपस्थितिमा बृहत राष्ट्रिय हास्यव्यङ्ग्य विशेष कविता प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिएको हो । 

    images
    images
    images

    नेपाली साहित्यको विकास तथा प्रबद्र्घन गर्ने उद्देश्यले गर्न कविता प्रतियोगिता आयोजना गर्न लागेको नगरपालिकाले जनाएको छ । पत्रकार सम्मेलनमा बोल्दै गोकर्णेश्वर नगरपलिकाका मेयर सन्तोष चालिसेले नगरपालिका स्थानीय भाषा संस्कृतीको जगेर्ना र प्रबद्र्धनमा लागिपरेको बताए। भाषा संस्कृतीको संरक्षण तथा प्रबर्दनकै शिलसिलामा कबिता प्रतियोगिता आयोजना गरिएको उनको भनाई छ ।

    images
    images
    images

    पत्रकार सम्मेलनमा कार्यक्रमका संयोजक, पत्रकार तथा साहित्यकार बिजय चालिसेले गोकर्णेश्वर नगरपलिका हास्याव्याङ्ग्य सिरोमणी भैरव अर्यालाको जन्म स्थल भएकाले २०१६ साल देखिनै साहित्यिक कार्यक्रम गर्दै आएको बताए । चालिसेले हास्याव्याङ्ग्यको माध्ययामबाट साहित्यलाई उचाईसम्म पुर्याउन सञ्चार माध्ययमले पनि प्रचार पसार गर्नु पर्ने बताए ।

    images
    images
    images

    नगरपालिकाले प्रतियाेगितामा भाग लिन इच्छुक कविहरूलाइ कविता पठाउन आव्हान गरेकाे छ । आयोजकका अनुसार प्रथम चरणमा कविहरुले पठाएका कविताहरू विज्ञहरूद्वारा प्रारम्भिक मूल्याङ्कनका आधारमा छनोट गरिनेछ । अन्तिम मूल्याङ्कनको छानिएका कविताका रचनाकारहरूलाई मात्र वाचनका निमित्त कार्यक्रममा उपस्थित गरिनेछ । कविताको अन्तिम मुल्यांकन कार्यक्रमकै दिन तीनसदस्यीय विशिष्ट विज्ञहरूले गर्नेछन् ।

    २०० शब्दमा रचित हुनुपर्ने कविता कुनै पनि माध्यमबाट प्रकाशित/प्रशारण नभएकाे हुनुपर्ने नगरपालिकाले जनाएकाे छ । कविताकाे विषयवस्तु संविधान, कानुनकाे प्रतिकुल नहुने गरी कसैकाे चरित्रहत्या नहुने खालकाे हुनुपर्ने समेत जनाइएको छ । रचना पठाउँदा रचनाकारले आफ्नो नाम, ठेगाना, सम्पर्क नम्बर, मोवाइल नम्बर, इमेल ठेगाना तथा हालसालै खिचिएको पासपोर्ट साइजको फोटोसमेत कवितासँगै संलग्न गरी पठाउनु पर्नेछ ।


    प्रतियाेगितामा प्रथम हुनेले रु ५० हजार, द्वितीय र तृतीय हुने प्रतियाेगीले क्रमशः ३० हजार र २० हजार पुरस्कार पाउनेछनभने सान्त्वना हुने ३ जनाले भने प्रतिव्यक्ति १० हजार पाउनेछन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।