Logo

२०८३, श्रावण ३०गते


images
images

आइपिएल सिजन- १४

आइपीएलमा बैंग्लोरले दोस्रो पटक हार्यो, पञ्जाव ३४ रनले विजयी

आइपीएलमा बैंग्लोरले दोस्रो पटक हार्यो, पञ्जाव ३४ रनले विजयी

images
  • आइपीएलमा बैंग्लोरले दोस्रो पटक हार्यो, पञ्जाव ३४ रनले विजयी
    images
    images

    १८ बैसाख एजेन्सी- इन्डियन प्रिमियर लिग (आइपिएल)मा रोयल च्यालेञ्जर्स बैंग्लोरले दोस्रो पटक हार ब्यहोरेको छ । शुक्रवार राती भएको खेलमा बैंग्लोर पञ्जावसँग ३४ रनले पराजित भएको हो  । जारी लिगमा पञ्जावको यो तेस्रो जित हो ।

    images
    images
    images

    अहेमदावादको नरेन्द्र मोदी स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जाबले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १७९ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको बेङ्ग्लोरले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १४५ रन मात्रै बनाउन सक्यो ।

    images
    images
    images

    पञ्जाबका लागि के एल राहुलले ५७ बल खेल्दै ७ चौका र ५ छक्का प्रहार गरे ।FB_IMG_1619830900377.jpg उनले दोस्रो विकेटका लागि क्रिस गेलसँग ८० रनको साझेदारी गरे । गेलले २४ बल खेल्दा ६ चौका र २ छक्का मद्दतमा ४६ रन जोडे । यस्तै राहुल र हरप्रित ब्रारले छैटौं विकेटका लागि अविजित ६१ रनको साझेदारी गरे । ब्रारले १७ बल खेल्दै १ चौका र २ छक्का मद्दतमा अविजित २५ रन बनाए ।
    बेंगलोरका केल जेमिसनले २ तथा ड्यानिएल साम्स, युजभेन्द्र चेहल र शहबाज अहमेदले १-१ विकेट लिए ।

    images
    images
    images

    जवाफमा विराट कोहलीको टिम बैंग्लोर २० ओभरमा आठ विकेट गुमाउँदा एक सय रनमा रोकियो । उसका चार खेलाडीले मात्र दोहोरो अंक जोड्न सके । जसमा कप्तान कोहलीले ३५ रन बनाउँदा रजत पटिदरले ३१ रनको योगदान गरे । बलिङमा हरप्रित बररले तीन र रभी विश्नोइले दुई विकेट लिए । यो हारपछि बैंग्लोरले शिर्ष स्थानमा उक्लने मौका गुमाएको छ । 

    जितपछि पञ्जाव पाँचौं स्थानमा उक्लिएको छ भने बेङ्ग्लोर तेस्रो स्थानमा झरेको छ । समान १०, १० अंक भएका चेन्नई, दिल्ली र बेंगलोर रनरेटक आधारमा क्रमशः शीर्ष, दोस्रो र तेस्रो स्थानमा छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आईपीएल
  • # क्रीकेट
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।