Logo

२०८३, आश्विन १०गते


images
images

'चुनावी तालमेल सहायक हो, आफ्नै तागत र एजेन्डाको बलमा निर्वाचन जित्छौं' : प्रचण्ड 

'चुनावी तालमेल सहायक हो, आफ्नै तागत र एजेन्डाको बलमा निर्वाचन जित्छौं' : प्रचण्ड 

images
  • 'चुनावी तालमेल सहायक हो, आफ्नै तागत र एजेन्डाको बलमा निर्वाचन जित्छौं' : प्रचण्ड 
    images
    images

    बुटवल । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले पुरै शक्ति र तयारीका साथ निर्वाचनमा होमिन पार्टी नेता कार्यकर्तालाइ निर्देशन दिएका छन् । बिहीवार प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेशले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले माओवादीले आफ्नै तागत र आफ्नै एजेन्डाको बलमा जनताको मन जितेर निर्वाचनमा विजय प्राप्त गर्ने बताएका हुन् ।

    images
    images
    images

    गठबन्धन समयको आवश्यकता भएकोले निर्वाचनसम्म र त्यसपछि पनि कायम रहने उल्लेख गर्दै प्रचण्डले गठबन्धनभित्र समस्या नरहेको औल्याए । असंवैधानिक, अलोकतान्त्रिक र अराजक तत्वसंगको लडाइँ नसकिएको उल्लेख गर्दै उनले विधिको शासनका लागि माओवादीले सधै त्याग गर्दै आएको बताए ।

    images
    images
    images

    एमसीसी जस्ताको तस्तै पास गर्ने र गठबन्धन भत्काएर फेरि टाउको उठाउन खोजेको बताउँदै उनले ब्याख्यात्मक टिप्पणीले एमसीसी जस्ताको तस्तै पास हुने र पुनः प्रतिगमनको उदय हुने जोखिम तत्कालका लागि टरेको बताए । पत्रकारले पार्टीभित्र एमसीसीको सवालमा विवाद रहेको सवालमा जवाफ दिंदै प्रचण्डले एमसीसीमा बहस चल्ने र चलिरहने बताए  ।

    images
    images
    images

    पत्रकार सम्मेलनमा प्रचण्डको साथमा पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, कृष्ण बहादुर महरा, बर्षमान पुन, चक्रपाणी खनाल, कुलप्रसाद केसी, वामदेव क्ष्रेत्री, सुदर्शन बराल लगायतको उपस्थिती रहेको थियो ।

    पार्टीको लुम्बिनी प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षणको लागि प्रचण्ड लगायतको माओवादी नेतृत्व बुटवल आएको हो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # माओबादी केन्द्र
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।