बुटवल । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय निर्वाचनमा होमिन नेता कर्याकर्ता लाई निर्देशन दिएका छन् । उनले निर्वाचनलाई चुनावको रूपमा मात्र हेर्न नहुने बताउदै 'ब्याटल' को रूपमा परिचालित हुन निर्देशन दिए ।
लुम्बिनी प्रदेशका नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिँदै उनले चुनाव सजिलो गरि जित्न नसकिने बताए । “इटको जवाफ पत्थरले दिने गरि लाग्नुस ।” उनले भने, ”माओवादीलाई सजिलै हराउन सकिन्छ भन्ने लाग्या होला २०६४ को नतिजा देखाउनु छ ।”
उनले कसैको सहारा लिन नपर्ने गरि जनतामा जान कार्यकर्तालाई निर्देशन दिए । उनले फरक प्रसंगमा अहिले पनि माओवादीलाई बदनाम गर्ने र नेतृत्वमाथि आक्रमण गर्ने षड्यन्त्र भइरहेको बताएका हुन् ।
पहिलो संविधानसभाको निर्वाचनमा आफूलाई सिरहामा भौतिक आक्रमण गर्न खोजिएको उनको भनाइ छ । उनले आफूलाई मार्ने योजना बनाएर आक्रमण गर्न खोजिए पनि जनमुक्ति सेनाका कमान्डरले बचाएको बताए ।
नेतृत्वको बदनाम गर्ने, आवश्यक पर्यो भने भौतिक रुपमा आक्रमण गर्ने रणनीति अहिले पनि कायम छ,’ प्रचण्डले भने, ‘पहिलो संविधानसभाको निर्वाचनमा मलाई जनमुक्ति सेनाका कमान्डरहरूले बचाएका हुन् । नत्र भने सिरहामा मारिने थिए ।’ त्यो रणनीति पनि पछि सार्वजनिक भएको उनको भनाइ छ ।
यस्तै अध्यक्ष प्रचण्डले पार्टीमाथि पनि बारम्बार आक्रमण भइरहेको बताए । ‘माओवादी पार्टीलाई पटक पटक छिनो–छिनो हुने गरी आक्रमण गरियो । यो अहिले पनि जारी छ,’ उनले भने । माओवादीमाथि भए–नभएका कुरा गरेर आक्रमण गरिने गरेको प्रचण्डको गुनासो छ । उनले भने, ‘भएको कुरामा पनि गरिएको छ, नभएको कुरामा पनि गरिएको छ । त्यो अहिले पनि जारी रहेको छ ।’
त्यसैगरी उक्त पार्टीका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठले राष्ट्रियताको सवालमा पार्टी भित्र फरक मत नभएको बताउदै एमसीसी को बारेमा हुने बहस ले पार्टी लाई नै फाइदा हुने बताए ।
नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व सभामुख कृष्ण बहादुर महराले ‘पिर’ गित गायक प्रकाश सपुतले आफू नल्याएको बताएका छन् । सपुतले ल्याएको ‘पिर’ गित उनले नल्याइ साम्राज्यवादी शक्तिले ल्याएको आरोप लगाएका हुन् । उनले भने, चुनावको मुखमा आएर प्रकाश सपुतले जुन गित बजारमा ल्याएका छन् । त्यो गित उनले ल्याएका होइनन, माओवादीलाई कसरी कमजोर पार्न र सिध्याउन सकिन्छ भन्ने गुरुयोजनाका साथ साम्राज्यवादी शक्तिले ल्याएका हुन । उनले आफूहरु विगतदेखि नै साम्राज्यवादी शक्तिले दलदलमा फसाउन खोजेको तर त्यो दलदलबाट निस्केर आएको बताए ।
प्रदेश स्तरिय प्रशिक्षणमा नेता बर्षमान पुन, प्रदेश इन्चार्ज चक्रपाणि खनाल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसी, प्रदेश अध्यक्ष सुदर्शन बराल लगायतका नेताहरुले सम्बोधन गर्दै स्थानीय तहको निर्वाचनमा होमिन निर्देशन दिए । प्रशिक्षण कार्यक्रममा १ सय भन्दा बढी कर्याकर्ता एमाले लगायतको पार्टी परि त्याग गरि माओवादी केन्द्रमा प्रबेश गरेको सो पार्टीले जनाएको छ । उनीहरुलाई अध्यक्ष प्रचण्डले टिका लगायर पार्टी प्रवेश गराएका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology