Logo

२०८३, श्रावण २७गते


images
images

संरक्षण नहुँदा भत्किने अबस्थामा पुग्यो बझाङी राजाले निर्माण गरेको भोपुर दरबार

संरक्षण नहुँदा भत्किने अबस्थामा पुग्यो बझाङी राजाले निर्माण गरेको भोपुर दरबार

images
  • संरक्षण नहुँदा भत्किने अबस्थामा पुग्यो बझाङी राजाले निर्माण गरेको भोपुर दरबार
    फोटो : रमेश बहादुर सिह / सेतोमसी
    images
    images

    रमेश बहादुर सिह, बझाङ । बझाङको सदरमुकाम चैनपुर नजिकै रहेकोे भोपुर दरवार भत्किने अबस्थामा रहेको छ। तत्कालिन बझांङी राजा देबिजग बहादुर सिहको  ऐतिहासिक दरबार ‘भोपुर दरवार’ संरक्षण अभावमा जीर्ण बन्दै गएको हो ।  

    images
    images
    images

    दरबारका भित्तामा चिरा पर्न थालिसकेको छ भने छाना र त्यसभित्र रहेको काठ  समेत चुहिने अवस्थामा छ । दरबारको माथिल्लो तला जाने बिभिन्न ठाउँमा भत्केको देखिन्छ । झ्याल ढोका कुहिने अवस्थामा पुगेका छन् । भित्रको तलाहरुमा प्वाल परिसकेका छन्।  छिटो भन्दा छिटो सुधार गर्न सकिन भने बझाङेका राजा जयपृथ्वी बहादुर सिहको यो चिनो हराउने अबस्थामा पुग्ने छ ।

    images
    images
    images

    राजा देबीजंग बहादुर सिंहले भारतको कलकत्ताबाट इन्जिनियर ल्याएर उक्त दरवार निर्माण गरेका थिए ।  चुनावको समयमा नेताहरुले  आपनो मुख्य योजनाको रुपमा  धार्मिक, संस्कृतिक, आर्थिक र ऐतिहासिक धरोहरको संरक्षण र विकासमा योगदान दिने घोषणापत्र सार्वजनिक गरेपनि निर्वाचन पश्चात् बेवास्ता गर्ने गरेको स्थानीय बताउँछन् ।

    images
    images
    images


    "नेतालाई आफ्नै कार्यकर्ताको संरक्षण गर्नमै भ्याइनभ्याई हुन्छ, कसरी गरुन् ऎतिहासिक सम्पदाको संरक्षण ?" स्थानीय जेष्ठ नागरिकहरू गुनासो गर्छन् । चुनावी र कार्यकर्तामुखी बजेट विनियोजन गर्दा नगरपालिकाको मुख्य सांस्कृतिक र पुरातात्तिक सम्पदाहरु ओझेलमा परेको उनीहरूको भनाइ छ ।

    स्थानीयका अनुसार, दसवर्षे सशस्त्रद्वन्द्व अघि तत्कालिन शाही नेपाली सेना भोपुर दरवार बस्दै आएको थियो २०६०/६१ तिर सुरक्षाको कारण देखाउदै नेपाली सेना उक्त दरवारबाट पडेस सरेपछि विद्रोही पक्षले दरबारमा आगजनी गरेका थिए । उनीहरूले लगाएको आगो स्थानीयले निभाएका कारण एउटा कोठा बाहेक दरबारमा क्षति भएन । 

    यसविचमा दुई दुई पटक संविधानसभाको चुनाव भयो । स्थानीय, प्रदेश र प्रतिनिधिसभाका निर्वाचनहरू भए । सयौं नेता मन्त्री तथा हजारौं सांसद र लाखौं जनप्रतिनिधि निर्वाचित भए तर आगलागीबाट क्षतिभएको यो दरबारमा कसैको ध्यान पुगेन ।


    ऐतिहासीक दरवारलाई संरक्षण गर्न राजा जयपृथ्वी बहादुर सिहको नामबाट नामाकरण गरिएको नगरपालिकाले मुख्य भुमिका हुनुपर्ने र अन्य  प्रदेश सरकार र संघीय सरकारसंग समन्वय गरी यसको महत्व बुझेर बजेट विनियोजन गरी यसको संरक्षण गर्नुपर्ने  स्थानिय मिलन धामीको भनाइ छ । यदि जयपूथ्बी नगरपालिकाले संरक्षण  नगरे यसको अस्तित्व घट्दै उनी बताउँछन्  ।

    तत्कालीन बझाङी राजाहरुले निर्माण गरेका ऐतिहासिक दरबार जीर्णबन्दै गएकोले दरवारहरुको अस्तित्व कायम राख्न जिर्ण अवस्थामा रहेका ऐतिहासीक वस्तुहरु संग्राहलयको रुपमा विकास गर्नमा नगरपालिकाले भुमिका खेल्नुपर्ने स्थानीय बुद्धिजीवीहरूको भनाइ छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।