सुस्मन बिश्वकर्मा, सुनवल । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका लुम्बिनी प्रदेश सल्लाहकार समितीका सदस्य नरबहादुर खातीले ज्यामिरे-अस्नैया सडकखण्ड माओवादीले मात्र बनाउन सक्ने बताएका छन् । पार्टीको सुनवल नगरपालिका वडा न. ७ को दोस्रो विस्तारित भेलालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
उनले माओवादी बोल्न भन्दा काम गर्न जानेको बताए । "हामीले २०६४/६५ सालतिर १ करोड १० लाख बजेट ल्याएर ज्यामिरे अस्नैया सडकखण्ड बनायौ तर अहिले आएर यो बाटो भ्रष्ट र निच ब्यक्तिहरुको नेतृत्वको कारण भत्कियो" । खातीले भने, "बाटो बिग्रेएर जनतालाई सकस भएको छ यो बाटो माओवादीले नै बनाउछ" ।
उनले सुनवल-७ मा जनताले माओवादीलाई जिताए समग्र वडाको बिकास हुने जिकिर गरे । उनले सम्पुर्ण वाडबासिमाझ माओवादीलाई अत्याधिक मत प्रदान गर्न आग्रह समेत गरे ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology