Logo

२०८३, आश्विन १०गते


images
images

मध्यपूर्व युद्ध

इरानले कतारपछि अब कुवेतको तेल प्रशोधन केन्द्रमा पनि आक्रमण

इरानले कतारपछि अब कुवेतको तेल प्रशोधन केन्द्रमा पनि आक्रमण

images
  • इरानले कतारपछि अब कुवेतको तेल प्रशोधन केन्द्रमा पनि आक्रमण
    images
    images

    काठमाडौँ । इरानले कतारपछि अब कुवेतको तेल प्रशोधन केन्द्रमा पनि आक्रमण गरको छ । कुवेतको सरकारी तेल कम्पनी कुवेत पेट्रोलियम कर्पोरेशनका अनुसार प्रशोधन केन्द्रमा धेरै वटा ड्रोनबाट आक्रमण गरिएको हो । आक्रमण भए पनि हालसम्म मानवीय क्षतिको खबर भने आएको छैन ।

    images
    images
    images

    सरकारी समाचार एजेन्सीका अनुसार मीना अल अहमदी प्रशोधन केन्द्रमा आगलागी भएको थियो । आगो नियन्त्रणमा लिन आपतकालीन टोलीले लामो समयसम्म प्रयास गर्नुपरेको जनाइएको छ । केही उत्पादन एकाइहरू पनि अस्थायी रूपमा बन्द गरिएको छ ।

    images
    images
    images

    खाडी क्षेत्रका देशहरूले ऊर्जा केन्द्रहरूलाई आक्रमणबाट जोगाउने प्रयास गरिरहेका भए पनि युद्धका कारण ती स्थानहरू बारम्बार निशानामा परिरहेका छन् । दक्षिण पार्स ग्यास क्षेत्रमा इजरायलले आक्रमण गरेपछि त्यसको प्रत्युत्तरमा ईरानले कारबाही थालेको हो, जसको असर खाडी देशहरूमा समेत परेको छ ।

    images
    images
    images

    पवित्र रमजान महिनाको अन्त्यसँगै मनाइने ईदको समयमा समेत युद्ध रोकिने संकेत नदेखिएको जनाइएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मध्यपूर्व युद्ध
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।