कृष्ण अन्जान, गुल्मी । तानसेन-तम्घास माेटर बाटाेकाे रिडी बसन्तपाेखरी क्षेत्रमा तिर्खा लागे एकमुठि पानी पिउन गाह्राे थियाे । कि त रिडी कि बसन्तपाेखरी पुगेर साना ठुला सवारीका साधन, माेटरसाईकल यात्री र ढुवानीका साधनमा समेतले पानी पिउन बाध्य थिए ।
तर आईतवारदेखि रुरुक्षेत्र गाउँपालिका वडा न ३ काे फलाँटेमा धाराे जडान गरि सडक यात्रु, गाडीका चालक-सहचालक सबैका लागि पिउने पानीकाे सहजता बनाईएकाे छ ।
स्थानीय राजनीतिकर्मी कृष्ण भण्डारी र उनकाे परिवारले आफ्ना बुबा बैकुण्ठ भण्डारी र आमा शिव कुमारी भण्डारीकाे स्मृतिमा स्थानिय फलाँटे क्षेत्रमा रहेकाे प्रतिक्षालय नजिकै धारा निर्माण गरि हस्तान्तरण गरेका हुन् ।
भण्डारीका बुबाकाे २०५८ साल फागुन २० गते यहि फलाँटे क्षेत्रमा भएकाे बस दुर्घटनामा निधन भएकाे र आमा पनि यहि दुर्घटनामा घाईते भई पछि निधन भएकाे थियाे ।
निर्माण गरिएकाे धाराकाे लुम्बिनी प्रदेशका साँसद तथा विशेषाधिकार समितिका सभापति कमलराज श्रेष्ठले उद्घाटन गरेका हुन् ।
रुरुक्षेत्र गाउँपालिका ३ चिरतुम पँधेरामा टंकी निर्माण गरि करिब साढे तीनसय मिटर पाईप जडान गर्दै, पँधेराकाे पानी फलाँटे पुर्याईएकाे छ ।
धारो निर्माणमा करिब पचास हजार खर्च भएको भण्डारीले बताएका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology