Logo

२०८३, आश्विन १०गते


images
images

लुम्बिनी पुर्वाधार प्राधिकरणका सिईयोद्वारा राजिनामा, 'कारवाही गर्ने तयारी थियो' : प्रबक्ता

लुम्बिनी पुर्वाधार प्राधिकरणका सिईयोद्वारा राजिनामा, 'कारवाही गर्ने तयारी थियो' : प्रबक्ता

images
  • लुम्बिनी पुर्वाधार प्राधिकरणका सिईयोद्वारा राजिनामा, 'कारवाही गर्ने तयारी थियो' : प्रबक्ता
    images
    images

     बुटवल । लुम्बिनी प्रदेश सरकारद्धारा गठित प्रदेश पुर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनन्तराम घिमिरेले राजीनामा दिएका छन् ।लुम्बिनी प्रादेशिक अस्पतालको ठेक्काको विषयलाई लिएर राजिनामा दिएको उनले राजिनामा पत्रमा उल्लेख गरेका छन् । 

    images
    images
    images

    प्रेस विज्ञप्ति मार्फत पदत्यागको घोषणा गरेका घिमिरेले आफुले राम्रो काम गर्दागर्दै आफुमाथि विभिन्न आरोप लगाईएकोले राजिनामा दिनुपरेको बताएका छन् ।

    images
    images
    images

    यता, पदको दुरुयोग गरेको निष्कर्षसहित लुम्बिनी प्रदेश सरकाले थप पदिय एवं आर्थिक अनियमिताको अनुसन्धानसँगै कारवाहीको तयारी गरिहरको बेलामा सिईयो घिमिरेले राजिनामा दिएको सरकारका प्रबक्ता तिलकराम शर्माले बताएका छन् । 

    images
    images
    images

    आफ्नो कमजोरीलाई ढाकछोप गर्न र नाटकीय ढंगबाट चोखिन घिमिरेले राजनीनामा दिएको प्रदेश सरकारका प्रबक्ताको भनाइ छ ।

    घिमिरेले विभिन्न निर्माण तथा ठेक्का पक्रियामा ठेकेदारहरुसँग आर्थिक वार्गेनिङ गर्ने, आफूलाई कमिसन नआएमा निर्माणको काममा प्रभावित नै हुने गरी पदको दुरुपयोग गरेको भन्दै लुम्बिनी प्रदेश सरकारले करिव २ महिनायता उनका हरेक क्रियाकलाप नजिकबाट अनुसन्धान गरिरहेको प्रबक्ता शर्माले बताएका छन् ।

    लुम्बिनी प्रदेश सरकारको गौरवको आयोजना अस्पताल लुम्विनी प्रादेशिक अस्पताल भवन निर्माण प्रक्रियामा सिइओ नै अनियमितता र मिलोमतोको गरी कुरा नमिलेपछि ठेक्कालाई प्रभावित बनाएको र आफू फस्ने भएपछि घिमिरेले राजिनामा दिएको प्रबक्ता शर्माको आरोप छ ।

    घिमिरेले चैत १२ गते दिउसो प्रेस नोट लेखर राजीनामा दिएका हुन् । घिमिरेद्वारा जारी गरिएको प्रेस विज्ञप्ति : 1648518110604.jpg

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।