Logo

२०८३, आश्विन १०गते


images
images

माओवादी केन्द्र सिद्धार्थनगरले गर्यो चुनाव केन्द्रित कार्यविभाजन

माओवादी केन्द्र सिद्धार्थनगरले गर्यो चुनाव केन्द्रित कार्यविभाजन

images
  • माओवादी केन्द्र सिद्धार्थनगरले गर्यो चुनाव केन्द्रित कार्यविभाजन
    images
    images

    रिया बस्नेत क्षेत्री, बुटवल । नेकपा माओवादी केन्द्र रुपन्देहीकाे भैरहवास्थित सिद्दार्थ नगरले निर्वाचनलाई लक्षित गर्दै चुनाव केन्द्रीत वडा तहमा बिभिन्न प्रशिक्षण कार्यक्रमहरु सहित निर्णयहरु गरी सबै वडा स्तरमा जिम्मेबारि टुंगो लगाएकाे छ । 

    images
    images
    images

    नेकपा मओवादि केन्द्रका केन्द्रीय सदस्य हकिकुल्ला खाँ काे प्रमुख आथित्यतामा उक्त कार्यक्रम सम्पन्न भएकाे हाे। चुनाब लक्षीत गरि गरीएकाे उक्त कार्यक्रमलाई सम्बाेधन गर्दै खाँले हामी एक्लै चुनाब लड्न सक्ने बतारण बनाउनु पर्छ भन्दै आगामि निर्वाचना माओवादि केन्द्र  पुन एकपटक उदाउने छ र जनप्रिय पाटिकाे रुपमा स्थापित हुने बताए ।

    images
    images
    images

    माओवादी केन्द्र रुपन्देही क्षेत्र नं. ३ का ईन्चार्ज तिर बहादुर राक्का (डार्विन) ले रुपन्देही बिगतका निर्वाचनमा एमालेकाे आधार क्षेत्र हाे तर पछिल्लाे समय सरकार फेरवदल सगैँ राजनिति परिबेस परिवर्तन हुदाँ आगामी निर्वाचनमा एमालेलाई निकै चुनाैति थपिएकाे छ । यस सगैँ माओवादी केन्द्रले फड्काे मार्ने र पहिलाे पाटि बन्ने बताउँदै जनताकाे जनजिबिका सगँ जाेडिएकाे समस्याकाे खाेजी गर्ने र त्यसकाे समाधान गरी जनताकाे मन जित्ने र आगामी बैशाख ३० गते हुने निर्वाचनामा बलियाे प्रतिस्पर्धािकाे रुपमा उभिने वातावरण निर्माण गर्न आग्रह गर्दै उपस्थित कार्यकर्ताहरुलाई बिशेष प्रशिक्षण दिएका थिए ।

    images
    images
    images

    उक्त बैठकले निर्वाचन केन्द्रित रहि बिभिन्न निर्णयहरु समेत गरेकाे छ । 
    १. नारायण हमालकाे नेतृत्वमा ७ सदस्यीय सिफारिस समिति गठन भएकाे छ ।
    २. उमेश खनालकाे नेतृत्वमा ६ सदस्यीय घाेषणा पत्र समिति गठन भएकाे छ ।
    ३. नारायण हमालकाे नेतृत्वमा ५५१ जनाकाे निर्वाचन परिचालन कमिटि गठन ।
    ४. नारायण हमालकाे नेतृत्वमा प्रचारप्रसार समिति गठन गरिएकाे छ ।
    ५. तिर बहादुर राक्का (डार्विन) काे नेतृत्वमा ५ सदस्य वार्ता समिति गठन गरिएकाे छ ।

    उक्त कार्यक्रम प्रत्येक वाडका अध्यक्षहरुले जनहितकाे लागी आगामी निर्वाचनका कसरि अघि बढ्नु र कसरि जित सुनिश्चित गर्ने बिषय लगायता आ-आफ्नाे वाडकाे जिम्मेबारि प्रति आफु कसरि प्रसतुत हुने आगामि निर्वाचनमा जनताकाे राेजाईकाे पहिलाे पाटि हुने बिषयहरुमा रिपोर्टिङ गरेका थिए । 

    बैठकले वाड अध्यक्षहरुकाे पनि घाेषणा गरेकाे थियाे । 
    वाड नं. १ बाट सुनिल यादव , वाड नं.२ बाट सुनि कुमार थापा ,वाड नं. ३ बाट केशव कुवर , वाड नं. ८ बाट ध्रव लाङगादे, वाड नं.९ बाट पुर्ण प्रसाद भण्डरी रहेकाे नेकपा माओवादी केन्द्र सिद्धार्थ नगर प्रवक्ता लाेकेन्द्र बहादुर धामीले जनाकारि दिए प्रशिक्षण कार्यक्रमा पाटिका सम्पुर्ण कार्यकर्ताहरुकाे बृहत उपस्थित रहेकाे थियाे भने कार्यक्रम सञ्चालन सिद्धार्थ नगरका नगर सचिव केशव कुँवरले गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # माओबादी केन्द्र
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।