Logo

२०८३, आश्विन ९गते


images
images

राजनीति

संविधान संशोधनका लागि काँग्रेसको पहलकदमी : भुसालको नेतृत्वमा बनायो समिति

संविधान संशोधनका लागि काँग्रेसको पहलकदमी : भुसालको नेतृत्वमा बनायो समिति

images
  • संविधान संशोधनका लागि काँग्रेसको पहलकदमी : भुसालको नेतृत्वमा बनायो समिति
    images
    images

    काठमाडौँ । नेपाली काँग्रेसले संविधान संशोधन सम्बन्धमा अध्ययन तथा सुझावका लागि विज्ञसहितको समिति गठन गरेको छ ।

    images
    images
    images

    बुधबार सम्पन्न केन्द्रीय समितिको बैठकले उपसभापति पुष्पा भुसालको संयोजकत्वमा  विज्ञ सम्मिलित संविधान संशोधन अध्ययन तथा सुझाव समिति बनाउने निर्णय गरेको हो ।

    images
    images
    images

    कांग्रेसको नेतृत्वमा ऐतिहासिक संविधानसभामार्फत बनेको संघीय लोतान्त्रिक गणतन्त्र नेपालको संविधानको रक्षा एवं कार्यान्वयनको मूल दायित्व र जिम्मेवारी पनि कांग्रेसकै भएको भन्दै संविधानका आधारभूत मूल्य-मान्यता, संघीय शासन प्रणाली, नागरिक अधिकार र स्वतन्त्रता तथा समानुपातिक समावेशी सिद्धान्तलाई संकुचित हुन नदिई, त्यसलाई अझै फराकिलो र विस्तारित बनाउँदै नेपाली जनताको अपनत्व र स्वामित्व थप वृद्धि गर्न तथा सुशासन र प्रभावकारी सेवा प्रवाहको लागि कतिपय विषयमा संविधान संशोधन र तद अनुकुल कानून निर्माण गर्नु आवश्यक रहेको काँग्रेसको ठहर छ । 

    images
    images
    images

    यस समितिले सबै प्रदेश, सबै क्षेत्र र तह, समुदायसँग संवाद गरी पार्टीको तर्फबाट धारणा बनाउने र त्यस अनुरूप पार्टीले साझा राष्ट्रिय धारणा निर्माणका लागि अन्य पक्ष, नागरिक समाज, विशेषज्ञहरू, राजनीतिक दलहरू सहित राष्ट्रिय संवादको पहलकदमी लिने काँग्रेसले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # संविधान संशोधन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।