नुवाकोट । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नुवाकोटका २ लाख ३७ हजार ४ सय ३४ जनाले मताधिकार गर्न पाउनेछन् ।
निर्वाचन आयोगले मतदाता नामावली ऐन बमोजिम गत माघ २४ गतेसम्म नामावली दर्ता गराएका र वैशाख २९ गतेसम्म १८ वर्ष उमेर पूरा हुने नेपाली नागरिकको नामावली मतदानका लागि स्वीकृत गरेको हो ।स्वीकृत गरेको मतदाता नामावली अनुसार नुवाकोटका १ लाख २२ हजार ४ सय २ जना पुरुष, १ लाख १५ हजार २९ जना महिला र तेश्रो लिङ्गी ३ जनाले मताधिकार प्रयोग गर्न पाउनेछन् ।
यस्तै नुवाकोटको १२ स्थानीय तह मध्ये सबैभन्दा बढी विदुर नगरपालिकामा र सबै भन्दा कम किस्पाङ गाउँपालिकामा मतदाता रहेका छन् ।
जिल्ला निर्वाचन कार्यालय नुवाकोटका अनुसार नुवाकोटको ककनी गाँउपालिका २१ हजार ८ सय ९७ जना मतदाता ११ मतदान स्थल र २५ मतदान केन्द्र तोकिएको छ ।
यस्तै, किस्पाङ गाँउपालिका १२ हजार १ सय ६१ जना मतदाता ६ मतदान स्थल र १५ मतदान केन्द्र, तादी गाँउपालिका १५ हजार ३ सय ६० जना मतदाता ७ मतदान स्थल र १९ मतदान केन्द्र, तारकेश्वर गाँउपालिका १४ हजार ९ सय ६३ जना मतदाता ८ मतदान स्थल र १९ मतदान केन्द्र रहेका छन् ।
यस्तै, दुप्चेस्वर गाँउपालिका १७ हजार ३ सय ७५ जना मतदाता १५ मतदान स्थल र २३ मतदान केन्द्र, पञ्चकन्या गाँउपालिका १४ हजार ९ सय ६४ जना मतदाता ६ मतदान स्थल र १७ मतदान केन्द्र तोकिएको छ ।बेल्कोटगढी नगरपालिका ३३ हजार ४ सय ८१ जना मतदाता १६ मतदान स्थल र ४० मतदान केन्द्र, म्यागङ गाँउपालिका १२ हजार ५ सय ७८ जना मतदाता ८ मतदान स्थल र १६ मतदान केन्द्र रहेका छन् ।
लिखु गाँउपालिका १५ हजार ४ सय ६८ जना मतदाता ७ मतदान स्थल र १७ मतदान केन्द्र, बिदुर नगरपालिका ४४ हजार १ सय ७९ जना मतदाता २६ मतदान स्थल र ५४ मतदान केन्द्र, शिबपुरी गाँउपालिका २० हजार ४ सय ८१ जना मतदाता १२ मतदान स्थल र २४ मतदान केन्द्र र सुर्यगढी गाँउपालिका १४ हजार ५ सय २७ जना मतदाता १० मतदान स्थल र १८ मतदान केन्द्र तोकिएको जिल्ला निर्बाचन कार्यालय नुवाकोटले जनाएको छ ।
यस्तैगरि, नुवाकोटको ककनी, शिबपुरी र दुप्चेस्वर गाँउपालिकामा १÷१ जना तेश्रो लिङगी समेत रहेका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology