सुनवल । नेपाली कांग्रेसका महासमिति सदस्य सुनवल नगरपालिका पुर्व प्रमुख भिम बहादुर थापाले स्थानीय चुनावमा बिजय हासिल गर्नका लागि कांग्रेस भित्रको गुट अन्त्य गरि सबै कांग्रेस एक जुट हुन पर्ने बताए ।
बिहीवार नेपाली काङ्ग्रेस सुनवल-७ को "घर घर जाऔ काङ्ग्रेस जिताऔ" अभियान अन्तर्गत अन्तरक्रिया कार्यक्रममा बोल्दै थापाले सो कुरा बताएका हुन ।
थापाले भने "सुनवल-७ का जनप्रतिनिधिहरु वडाको बिकास गर्दैनन्,उनिहरुलाई भ्रष्टचार गरेर गोजि भर्न पाए हुन्छ ।´उनले भने, `अब यो वडाकाे बिकास गर्नका निमित्त नेपाली काङ्ग्रेसले जित्नुपर्छ जसका लागि हामी एकजुट हुनुपर्दछ ।´ उनले वडा न. ७ का वडा जनप्रतिनिधिहरुको दोहोरो र भ्रष्ट चरित्र भएका हो आरोप लगाए ।
।
स्थानीय चुनाव वडाबासीलाई नेपाली काङ्ग्रेसलाई अत्याधिक मत दिई विजयी गराउन आग्रह समेत गरेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology