Logo

२०८३, आश्विन १०गते


images
images

माओवादी धुर्कोटद्वारा वाइसीएल र दलित मुक्तिमोर्चा गठन

माओवादी धुर्कोटद्वारा वाइसीएल र दलित मुक्तिमोर्चा गठन

images
  • माओवादी धुर्कोटद्वारा वाइसीएल र दलित मुक्तिमोर्चा गठन
    images
    images

    गुल्मी । नेकपा माओवादी केन्द्र धुर्कोट गाउँकमिटीले  वाइसिएल् र दलित मुक्ति मोर्चा गाउँ कमिटीको गठन गरेको छ । शनिबार गाउँपालिकाको सभाहलमा सम्पन्न औपचारिक कार्यक्रमबाट राजिव विकको अध्यक्षतामा वाइसिएल् एवम् लक्ष्मण वि.कको अध्यक्षतामा दलित मुक्ति मोर्चाको गठन गरेको हो । 

    images
    images
    images

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि माओवादी केन्द्रका गुल्मी क्षेत्र नम्बर २ का इन्चार्ज निम बहादुर पाण्डेले अब सबै युवाहरु निर्वाचनमा लाग्न आग्रह गरे । देश विकासको एकमात्र शक्ति माओवादी केन्द्र भएको भन्दै उनले धुर्कोट गाउँपालिकामा अब आउने प्रतिनिधि पनि माओवादीकै आउनुपर्नेमा जोड दिए । 

    images
    images
    images

    विशेष अतिथि पार्टीका जिल्ला संयोजक बुद्धि जिसीले धुर्कोट गाउँपालिकामा गठबन्धनको साझा उम्मेदवार माओवादी केन्द्रको हुनेगरी पार्टीले छलफल चलाएको बताए । 

    images
    images
    images

     त्यस्तै पार्टीका प्रदेश कमिटी सदस्य एवम् धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले गाउँपालिकाले गरेका कामको चर्चा गरेका थिए । 
    निर्वाचन पश्चात खरका छाना विस्थापन गरी नागरिकका घर टिनका छाना लगाउन सफल भएको, झण्डै चार हजार घरमा खानेपानी पु¥याएको, पालिकाका अधिकाशं भौतिक संरचना निर्माण गरेको, सडक, कृषि, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा उल्लेख्य काम गरेको पोखरेलले बताए । 

     
    कार्यक्रममा पार्टीका विभिन्न जनवर्गिय संगठनका प्रमुख एवम् प्रतिनिधि, पार्टीका जिल्ला एवम् प्रदेश कमिटीका सल्लाहकार, गाउँ कमिटीका विभिन्न पदाधिकारी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम दलित मुक्ति मोर्चाका लक्षमण विकको अध्यक्षता एवम् पार्टी गाउँ कमिटी उपाध्यक्ष महेन्द्र विश्वकर्माको संचालनमा सम्पन्न भएको थियो । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # माओबादी केन्द्र
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।