Logo

२०८३, श्रावण २७गते


images
images

राजनीति

सांसदहरुलाई दबाबमा राखेर संसदीय दलको नेता छानियो : योगेश भट्टराई

सांसदहरुलाई दबाबमा राखेर संसदीय दलको नेता छानियो : योगेश भट्टराई

images
  • सांसदहरुलाई दबाबमा राखेर संसदीय दलको नेता छानियो : योगेश भट्टराई
    images
    images

    काठमाडौँ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले सांसदहरुलाई दबाब दिएर संसदीय दलको नेता छानिएको आरोप लगाएका छन् ।

    images
    images
    images

    सामाजिक सञ्जालमा टिप्पणी गर्दै नेता भट्टराईले सांसदहरुका बीचमा छलफलका माध्यमबाट उच्च स्तरको समझदारीमा पुग्नुको सट्टा सांसदहरूलाई दबाबमा राखेर गरिएको निर्णय राम्रो नभएको बताएका हुन् । 

    images
    images
    images

    उनले एमालेको व्यापक पुनर्गठन मार्फ़त बलियो एकता बनाउदै जनविश्वास जागृत गर्नु पर्ने वेलामा आज संसदीय दलको नेता छान्न जुन तरिका र शैली अपनाइयो यसबाट सिंगो पार्टी पंतिलाई थप चिन्तित बनाएको समेत उल्लेख गरेका छन् ।

    images
    images
    images

    उनले भनेका छन्-  

    निर्वाचनबाट पार्टीलाई गंभीर धक्का लागेको, पार्टी र नेतृत्वप्रति व्यापक जनगुनासो रहेको, पार्टी अध्यक्ष स्वयं गिरफ्तारीमा पर्नु भएको समग्रमा हाम्रो आन्दोलनले बहुआयामिक प्रतिकुलताको सामना गरिरहेको वर्तमान अवस्थामा नेकपा एमालेको व्यापक पुनर्गठन मार्फ़त बलियो एकता बनाउदै जनविश्वास जागृत गर्नु पर्ने वेलामा आज नेकपा एमालेको संसदीय दलको नेता छान्न जुन तरिका र शैली अपनाइयो यसबाट सिंगो पार्टी पंतिलाई थप चिन्तित बनाएको छ । केहि दिनको समय लिएर पार्टी नेतृत्व र माननीय सांसदहरुका बीचमा छलफलका माध्यमबाट उच्च स्तरको समझदारीमा पुग्नुको सट्टा सांसदहरूलाई दबाबमा राखेर जे गरियो यो राम्रो भएन ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # योगेश भट्टराई
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।