Logo

२०८३, आश्विन ९गते


images
images

समाचार

पर्सा मालपोत कार्यालयमा भएको राजस्व हिनामिना प्रकरणमा ८ जनाविरुद्ध मुद्धा दायर

पर्सा मालपोत कार्यालयमा भएको राजस्व हिनामिना प्रकरणमा ८ जनाविरुद्ध मुद्धा दायर

images
  • पर्सा मालपोत कार्यालयमा भएको राजस्व हिनामिना प्रकरणमा ८ जनाविरुद्ध मुद्धा दायर
    images
    images

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय पर्सामा भएको राजस्व हिनामिना प्रकरणमा तत्कालीन मालपोत अधिकृतहरू हरिनारायण मिश्र, भूपबहादुर बोगटी, पदमप्रसाद अर्याल, सुरेन्द्रप्रसाद राव कुर्मीलगायत ८ जनाविरुद्ध मुद्धा दायर गरेको छ ।

    images
    images
    images

    अन्य आरोपितमा मालपोत कार्यालय, पर्साका तत्कालीन नायव सुब्बा स्वर्गिय किरण प्रसाद उपाध्यायको हकमा अंशियार छोराहरू राज किशोर प्रसाद उपाध्याय, गौतम प्रसाद उपाध्याय, पशुपती प्रसाद उपाध्याय र मुरारी प्रसाद उपाध्याय रहेका छन् । 

    images
    images
    images

    अनुसन्धानअनुसार आर्थिक वर्ष २०७०/७१ मा मालपोत कार्यालय पर्साको रजिष्ट्रेशन फाँट ग मा उठेको राजस्व आम्दानी पूर्ण रूपमा अभिलेख नराखी बैंक दाखिला नगरी हिनामिना गरिएको पाइएको छ ।

    images
    images
    images

    सो अवधिमा एउटै दर्ता नम्बर प्रयोग गरी दोहोरो तथा तेहेरो रूपमा लिखत पारित गरिएको, कम राजस्व देखिएका लिखत मात्र लेखा फाँटमा बुझाइएको र बढी राजस्व भएका लिखतको रकम लुकाइएको देखिएको छ।

    त्यस्तै, दर्ता किताबमा थप प्रविष्टि गरिएका लिखतबाट उठेको रकम लेखा फाँटमा दाखिला नगरी आन्तरिक तथा अन्तिम लेखापरीक्षणसमेत नगरी हिनामिना गरिएको अनुसन्धानले देखाएको छ।

    यसरी एउटै नम्बरमा धेरै लिखत पास गरी कम रकम मात्र बुझाउने र बाँकी रकम लुकाउने कार्यबाट कुल २ करोड ९३ लाख ६८ हजार ५६५ रुपैयाँ राजस्व हिनामिना भएको पुष्टि भएको छ ।

    उक्त कसुरमा संलग्न देखिएका कर्मचारीहरूविरुद्ध कानुनअनुसार सजाय माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मालपोत कार्यालय
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।