कृष्ण अन्जान, गुल्मी । स्थानिय तहकाे निर्वाचनकाे मिति नजिकिँदै गर्दा रुरुक्षेत्र गाउँपालिका र मातहतका वडाहरुमा नेकपा एमालेकाे तर्फबाट उम्मेदवार बन्न आकांक्षीहरूको लर्को लामै छ । पालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र वडा सदस्यमा उम्मेदवारका आकांक्षी काे हुने भन्ने विषयमा पार्टीको आन्तरिक तयारी तिब्र पारिएकाे छ ।
२०७४ सालकाे स्थानिय तहकाे निर्वाचनमा गाउँ पालिका प्रमुख सहित जना २७ जनप्रतिनिधि जित्न सफल एमालेभित्र उम्मेदवार बन्नकालागि आकाँक्षिहरुले आ-आफ्नो तहबाट लबिङ गरिरहेका छन् ।
मुख्यतया गाउँपालिकाकाे अध्यक्षमा जिल्ला सचिवालय सदस्य तथा रुरुक्षेत्रका पार्टी ईन्चार्ज हिमाल श्रेष्ठ, जिल्ला कमिटी सदस्य तथा रुरुक्षेत्र गाउँ पालिकाका सह ईन्चार्ज शेष नारायण पौडेल, रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष फर्सुराम ज्ञवाली र नेता चक्रपाणी गौतमले दावी गरेका छन् ।
यसैगरि उपाध्यक्षमा एमाले नेतृहरू लक्ष्मीदेवी पन्त, उप प्रमुख तुल्सी श्रेष्ठ, अन्जु केसी, मिना गौतम र एमाले रुरुक्षेत्र गाउँ कमिटी उपाध्यक्ष लक्ष्मी ज्ञवालीले दावी गरेका छन् ।
यसैगरि वडा तहमा रुरुक्षेत्र गाउँपालिका वडा न १ मा रामलाल बिक, नवराज बिक ,चिरन्जिवि ज्ञवाली, खेमराज ज्ञवाली, चन्द्रलाल कसजु, माधव ज्ञवाली, चुरामणी कँडेल, यमनारायण भण्डारी, सुन्दर भण्डारी, नर बहादुर हमाल र हाेमनाथ ज्ञवालीकाे दावि छ भने वडा न २ मा घनस्याम अर्याल ,हरि ज्ञवाली ,माधव ज्ञवाली , देव वहादुर बिक भुवन बराल र थर्क कुवँर आकाँक्षी देखिएका छन ।
यसैगरि वडा न ३ थानपतिमा हुतराज गौतम, तिलक ज्ञवाली, मेघराज ज्ञवाली, लाेकनाथ ज्ञवाली, बालकृष्ण ज्ञवाली, बैकुण्ठ श्रेष्ठ र ज्ञानेश्वर ज्ञवालीकाे वडाध्यक्ष पदमा आकाँक्षा देखिएकाे छ ।
वडा न ४ बलेटक्सारमा ताेयनारायण ज्ञवाली, माेति प्रसाद श्रेष्ठ, खगेन्द्र श्रेष्ठ, नारायण केसी, रामचन्द्र गौतम, कुल प्रसाद ज्ञवाली र इन्द्र मणि ज्ञवाली काे वडाध्यक्षमा आकाँक्षा देखिएकाे छ । भने वडा न ५ बम्घामा पदम श्रेष्ठ, बिरबल पुरी, लाल बहादुर खत्री र बिमल ज्ञवालीकाे आकाँक्षा देखिएकाे छ । यता वडा न ६ रिमुवामा राेमनाथ पौडेल, ज्ञान बहादुर काला, चेत बहादुर पछाइँ र कुल बहादुर रेगामीले वडाध्यक्षकाे उम्मेदवारमा आकाँक्षा राखेकाे स्राेतले बताएकाे छ ।
सवै पदहरुमा आकाँक्षा राख्नेहरु पार्टी र पार्टीका जनवर्गीय सँगठनका जिम्मेवार पदमा रहेका युवा र पाका राजनैतिक कार्यकर्ता रहेका छन ।
गत स्थानीय निकायकाे निर्वाचनमा गठवन्धनका अध्यक्ष र उपाध्यक्षका उम्मेदवारहरुलाई भारी मतान्तरले पराजित गरेकाे एमालेले वडा नं. ५ मा हार बेहाेरेकाे थियाे ।
गाउँपालिकाकाे अध्यक्ष उपाध्यक्ष र वडा अध्यक्षका आकाँक्षि बिच विभिन्न तहमा सहजि करण गरिरहेकाे र दुईचार दिनमै उम्मेदवार हरुकाे टुँगाे लगाई सक्ने पार्टी स्राेतले बताएकाे छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology