Logo

२०८३, आश्विन १०गते


images
images

टिकटक प्रतियाेगिता गर्दै एमाले, विजेताले १ लाख पाउने

टिकटक प्रतियाेगिता गर्दै एमाले, विजेताले १ लाख पाउने

images
  • सेतोमसी सहकर्मी
  • टिकटक प्रतियाेगिता गर्दै एमाले, विजेताले १ लाख पाउने
    images
    images

    काठमाडौं । नेकपा एमालेले स्थानीय चुनावलाई लक्षित गरेर टिकटक प्रतियोगिता आयोजना गरेको छ । जसमा सहभागी हुनेले क्रियटिभिटी र लोकप्रियता विधामा एक-एक लाख जित्न सक्नेछन् ।

    images
    images
    images

    क्रियटिभिटीका आधारमा पुरस्कार पाउन भिडिओमा रचनात्मक कुरा समावेश हुनुपर्ने बताइएकाे छ । त्यस्तै लोकप्रियता विधा अन्तर्गत धेरै भ्युज पाउने टिकटक भिडिओले एक लाख पाउने छ ।

    images
    images
    images

    हरेक विधामा द्वितीय र तृतीय हुनेले क्रमशः ५० हजार र २५ हजार नगद प्राप्त गर्नेछन् ।

    images
    images
    images

    प्रतिस्पर्धीले बनाएको उक्त भिडिओ नेकपा एमालेले अघि सारेका योजना र विकासमा आधारित हुनुपर्ने बताइएको छ ।

    भिडिओ टिकटकमा पब्लिस गर्दा प्रतिस्पर्धीले ह्यासट्याग भोट फर सन्, ह्यासट्याग सीपीएन यूएमएल, ह्यासट्याग साइबर सर्कल नेपाल, ह्यासट्याग आई एम विथ केपी ओली प्रयोग गर्नुपर्नेछ ।

    समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाक्षां पूरा गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गर्न लागेको एमाले पार्टी कार्यालयले जानकारी दिएको छ ।

    साइबर सर्कल एमालेको विचारधारा, विकास निर्माणका गतिविधि र पार्टीका सिद्धान्तलाई चर्चित भिडिओ शेयरिङ एप टिकटक मार्फत प्रस्तुत गर्न उक्त प्रतियाेगिता आयोजना गर्न लागेको बताइएको छ । 
    साभार: टेकपाना डटकम

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।