सुनवल । नेकपा एमाले केन्द्रिय सदस्य बिमला अर्यालले लुम्बिनी प्रदेश सरकारका पूर्व आर्थिक मामिलामन्त्री बैजनाथ चौधरीललाई सुनवल ७ स्थानीयहरुले कालो झण्डा सहित बिरोध गरेको विषयमा चुनावी महोल नजिकै गर्दा आफुहरु पराजित हुने डरले एमालेलाई बिरोध गरेको बताएकी छन् ।
बिहिवार सुनवल ७ तर्गौलीमा आयोजित रास्ट्रिय युवा संघ नेपाल र अखिल महिला संघ गठन कार्यक्रमलाई सम्बोधन गर्दै अर्यालले सो कुरा बताएका हुन ।
अर्यालले सुनवल नगरपालिकाको प्रमुख रुपमा नेपाली कांग्रेसलाई जिताएकोमा जनता पछुतो मानिरहेका बताएकीछन् । उनले भनिन "मेयर भएपछि काठमाडौंमा घर ठडियो , दुई तीन वटा पेट्रोल पम खोलिएको र नदि दोहन भयो" । 
सोही कार्यक्रममा बोल्दै वडा अध्यक्ष बसन्त राज दाहालले आफ्नो कार्यकालमा स्वार्थरहित जनताको सेवा गरेको बताएका छन् । 
नेपाल कम्युनिस्ट पार्टी( एमाले) का नवलपरासी जिल्ला कमिटी सदस्य एवम् वडा सदस्य विनोद पाण्डेले सुनवल-७ मा एमालेका नेतृत्व निर्वाचित भएसंगै समग्र वडाकाे विकास भएको बताएका छन् । पाण्डेले आफ्नो कार्यकालमा वडाको बिकासको निमित्त धेरै कामहरु भएका कारण आफ्नो कार्यकाल सफल र अर्थपूर्ण भएको बताए ।
कार्यक्रममा रास्ट्रिय युवा संघ नेपाल र अखिल महिला संघ वडा कमिटी गठन गरिएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology