Logo

२०८३, आश्विन ९गते


images
images

प्रतिनिधि सभाको बैठक आज बस्दै

प्रतिनिधि सभाको बैठक आज बस्दै

images
  • प्रतिनिधि सभाको बैठक आज बस्दै
    images
    images

    काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । आज दिउसो ४ बजे बस्ने बैठकले उपसभामुखको निर्वाचन गर्ने कार्यसूची रहेको छ । उपसभामुखमा राप्रपाबाट सरस्वती लामा र श्रम संस्कृति पार्टीबाट रुबी कुमारी ठाकुरले उम्मेदवारी दर्ता गरेका छन् ।

    images
    images
    images

    त्यस्तै आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले संवत् २०८२ साल चैत २७ गते राष्ट्रपतिद्वारा सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई गरिएको सम्बोधनको प्रति टेबुल गर्ने कार्यसूची रहेको छ ।

    images
    images
    images

    त्यस्तै बैठकमा सभामुखले राष्ट्रपतिबाट भएको सम्बोधनको लागि धन्यवादको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

    images
    images
    images

    त्यस्तै उपसभामुख पदको निर्वाचन कार्यक्रम अन्तर्गत शुरुमा ज्ञान बहादुर शाहीले सरस्वती लामालाई उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेश गर्ने छन् भने सांसद ताहिर अलि भाट, खुश्बु ओली र भरत गिरीले समर्थन गर्ने छन् ।

    त्यस्तै सांसद आरेन राईले सांसद रुबी कुमारीलाई उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेश गर्ने छन् भने सांसद अशोक कुमार चौधरी र अम्बिका देवी संग्रौलाले समर्थन गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जानकारी दिएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रतिनिधि सभा बैठक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।