पविता पौडेल, बुटवल । नेकपा माओवादी केन्द्रका नेता तिलकराम शर्माले समाज रुपान्तरण गर्ने जीन माओवादी केन्द्रमा मात्र भएको बताएका छन् । माओवादी ठिक हुँदाहुँदै पनि शक्ति आर्जन गर्न नसकेको उल्लेख गर्दै लुम्बिनी प्रदेशका आन्तिरक मामिला तथा सञ्चारमन्त्री समेत रहेका नेता शर्माले अन्यमा पार्टीका कार्यकर्तामा भन्दा माओवादीहरुमा हजारौं गुणा क्षमता भएको बताए ।
शुक्रबार नेकपा माओवादी केन्द्र बुटवल उपनगरपालिका कमिटीको विस्तारित बैठकलाई सम्बोधन गर्दै नेता शर्माले वर्षो सरकारमा जरा गाडेर बसेका कांग्रेस एमालेले अहिलेसम्म खासै उपलब्धि गर्न नसकेको बताउदै एमालेले वृद्ध भत्ताको कुरा भजाउँदै पार्टी चलाईरहेको जिकिर गरे I
अहिलेको निर्वाचनमा गठबन्धनको मुख्य उद्देश्य नेकपा एमालेलाई 'स्विप गर्नु रहेको बताउँदै उनले एमाले प्रतिगमन र अराजकहरूको झुन्ड रहेकोले निर्वाचनमा जनताले पराजयको स्वाद चखाउनु पर्ने तर्क गरे ।
पार्टी नगर अध्यक्ष महेन्द्र भुषालको अध्यक्षतामा सम्पन्न बैठकमा सो पार्टीका नेताहरू हकिकुल्ला खाँ, दिपा विक, बिनोद पहाडी लगायतले मन्तव्य राखेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology