रमेश बहादुर सिह, बझाङ । बझाङको बित्थडचिर गाउँपालीका वडा न.४ देउलेख घर भएका एक किशोरको पौडी खेल्नेक्रममा पानीमा डुबेर मृत्यु भएकोछ । नेकपा एमाले बझाङले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रम हेर्न आएका करिव १८ बर्षिय कमल बाेहराको बाउलीगाड खाेलामा पाैडी खेल्ने क्रममा पानीमा डुबेर मृत्यु भएको हो ।
नेकपा एमाले बझाङले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रममा सहभागी बोहराको नुहाउने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सोमबार दिउँसो करिब ४ बजेको समयमा पार्टीको कार्यक्रम चलिरहेको समयमा गर्मि भएर नुहाउन गएको र नुहाउने क्रममा खोलामा डुबेका उनको समयमै उद्वार नभएकाले घटना स्थलमै मृत्यु भएको हो ।
शबलाई पाेस्मार्टमकाे लागि जिल्ला अस्पताल सिमखेत लगेको जिल्ला प्रहरी कार्यलय बझाङले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology