Logo

२०८३, श्रावण ३०गते


images
images

स्थानीय निर्वाचन बहिष्कार गर्न नेकपा (क्रान्तिकारी माओवादी) सुनवलको आब्हान

स्थानीय निर्वाचन बहिष्कार गर्न नेकपा (क्रान्तिकारी माओवादी) सुनवलको आब्हान

images
  • सेतोमसी सहकर्मी
  • स्थानीय निर्वाचन बहिष्कार गर्न नेकपा (क्रान्तिकारी माओवादी) सुनवलको आब्हान
    images
    images

     

    images
    images
    images

    नवलपरासी । नेकपा(क्रान्तिकारी माओवादी) सुनवल नगर समितिले स्थानीय निर्वाचन बहिष्कार गर्न सबैलाई आब्हान गरेको छ । सो पार्टीको सोमवार सुनवल–७ अस्नैयामा बसेको सुनवल नगर समितिको बैठकले स्थानीय तहमा संस्थागत भष्ट्रचारको बृद्धि भएको र राष्ट्रघाती एमसीसी पारित गरिएकोले चुनावको र्औचित्य नभएको भन्दै चुनाव बहिस्कार गर्न आब्हान गरिएको हो ।

    images
    images
    images

    मौलाउदै गएको भष्ट्रचार, बिकृति बिसंगति, बलत्कार , महंगी एंव संसदवादीहरुले अमेरिकी साम्राज्यवादी हस्तक्षेपलाई बढावा दिदै एमसीसी पास गरेर राष्ट्रघात गरेकाले वर्तमान समयमा चुनावको औचित्य नभएकोले नगर सेक्रेटरी श्यामले जानकारी दिए । उनका अनुसार चुनावलाई सशक्त बहिष्कार गर्ने योजना क्रान्तिकारी माओवादीको  रहेको छ । उनले पटक पटक संसदवादीहरुले गरिब, बिपन्न, सुकुम्बासी, भुमिहिन, आधारभुतवर्गका जनतालाई बिभिन्न प्रलोभन दिएर  भोट बैकका रुपमा प्रयोग गरेकोले यसपटक भोट होइन चोट दिनुपर्ने बताए ।  

    images
    images
    images

    बैठकमा क्रान्तिकारी माओवादीका केन्द्रीय सल्लाहकार एंव जिल्ला ईञ्चार्ज संकल्पले राष्ट्रघात, जनघात गर्ने संसदवादीहरुलाई भोट दिन नहुने उल्लेख गर्दै चुनाव बहिस्कारको आन्दोलनमा लाग्न नेता कार्यकर्तालाई निर्देशन दिए । गाउँ गाउँमा चुनावी किरो पसेर गाउँमा झुक्याउन लागेको भन्दै त्यस्तालाई भोट नभई  चोट दिनु्पर्ने उनले बताए । कार्यक्रममा क्रान्तिकारी माओवादीका का.वा. जिल्ला सेक्रेटरी समरले सुकुम्बासी भुमिहीनमा बस्तीमा पसेर र्धुत्याई गर्ने स्यालहरुलाई जनताले लखेटनुपर्ने बताए । उनले आश्वासनका पोको बोकेर झुटका मसिहाहरु सर्बहारावर्गको भोटलाई मोलमोलाई गरिरहेकोले प्रतिकारमा उत्रिनुपर्ने बताए । 
    नगर सेक्रेटरी श्यामको अध्यक्षतामा भएको बैठकमा नगर सदस्यहरु धनु र अग्निले आफ्ना धारणा राखेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # निर्वाचन आयोग
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।