Logo

२०८३, आश्विन १०गते


images
images

रुरुक्षेत्रका अधिकांश वडामा एमालेले टुङ्यायो वडाध्यक्ष र सदस्यका उम्मेदवार

रुरुक्षेत्रका अधिकांश वडामा एमालेले टुङ्यायो वडाध्यक्ष र सदस्यका उम्मेदवार

images
  • रुरुक्षेत्रका अधिकांश वडामा एमालेले टुङ्यायो वडाध्यक्ष र सदस्यका उम्मेदवार
    images
    images

    माधव ज्ञवाली, गुल्मी । नेकपा एमाले रुरुक्षेत्र गाउँपालिकाले अधिकांश वडाहरुमा उम्मेदवारहरुको टुंगो लगाएको छ। उम्मेदवारका लागि आकांक्षीहरुकै सहमतिमा बनेको संयन्त्रले विभिन्न वडाहरुमा उम्मेदवारको टुंगो लगाएको एमाले रुरुक्षेत्र गाउँपालिका गुल्मीका सचिब तोयनारायण ज्ञवालीले बताए।

    उनका अनुसार वडा न.१ र ३ बाहेक सबै वडाहरुमा सबै उम्मेदवारको टुंगो लागिसकेको छ भने वडा न.३ मा  वडा अध्यक्ष पदका लागि बाहेक सबै उम्मेदवारको टुंगो लागेको छ। अध्यक्ष पदका आकांक्षीहरुको नाम भने जिल्लामा पठाइएको र जिल्लाले नै निर्णय गर्ने उनले बताए। त्यस्तै वडा  न.१ को  छनौटको लागि  आकांक्षीहरुको नाम जिल्लामा पठाइएको छ।

    यता वडा न.२ मा एमालेले  वडा अध्यक्षमा पुरानै अनुहार दोहोर्याउने निर्णय गरेको छ। ०७४ को चुनावमा वडा अध्यक्ष पदमा जित हासिल गरेका घनश्याम अर्याललाई पुनः उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरिएको सचिब ज्ञवाली बताउँछन् । ५ वर्षको उनको कार्यशैली र विभिन्न रिपोर्टिङका आधारमा अर्याललाई पुनः वडा अध्यक्षमा दोहोर्याउने निर्णय गरिएको पनि उनले जानकारी दिएका छन् ।

    त्यस्तै सदस्यहरुमा हुमबहादुर कुवर, थर्कबहादुर कुवर, हरिकला बराल र सीता वि.क सर्वसम्मत भएका छन् ।

    वडा न.३ मा पनि वडा अध्यक्ष बहेक सदस्यहरूको उम्मेदवारी टुंगो लागेको छ। कमल ज्ञवाली, तेजबहादुर राना, विष्णु राणा र कमला नेपालीलाई उम्मेदवार बनाउने निर्णय एमालेले सर्वसम्मत गरेको छ।

    यता वडा न.४ मा वडा अध्यक्षमा एमालेले मोतिप्रसाद श्रेष्ठलाई उम्मेदवार बनाउने भएको छ। श्रेष्ठ गत स्थानीय निकायको चुनावमा एमालेबाटै वडा न.४ को वडा सदस्यमा निर्वाचित भएका थिए। उनको उम्मेदवारीले बलेटक्सारमा एक किसिमको तरंग पनि फैलिएको जानकारहरु बताउँछन् ।

    यस् अघि गत निर्वाचनमा एमालेबाटै फर्सुराम ज्ञवालीले यसै वडामा वडा अध्यक्षमा जित हासिल गरेका थिए। ज्ञवालीले अहिले गाउँपालिका अध्यक्षका लागि आफ्नो आकांक्षा राखेका छन्। यधपी गाउँपालिका अध्यक्ष र उपाध्यक्षको लागि उम्मेदवारको टुंगो लगाउन एमालेलाई   अझै केहिदिन लाग्ने देखिन्छ ।

    ज्ञवाली सहित गाउँपालिका अध्यक्षको लागि चक्रपाणी गौतम, हिमाल श्रेष्ठ र शेषनारायण पौडेलले आफ्नो दाबी पेश गरेका छन् । गाउँपालिका अध्यक्षमा आफ्नो दाबी पेश गरेका पौडेल वडा न.३ का वडा अध्यक्ष समेत हुन्। गाउँपालिका उपाध्यक्षका लागि पनि ४ जना आकांक्षी रहेका छन् ।

    वडा न.४ मा वडा सदस्यका लागि थान प्रसाद श्रेष्ठ, माधव खड्का, राज कुमारी शाही र ममता आत्रेय सुनारलाई उम्मेदवार बनाउने निर्णय पार्टीले गरेको छ।

    वडा न. ५ मा पनि यसपालि नया अनुहारलाई वडा अध्यक्षमा उम्मेदवार बनाइएको छ। युवा नेता पदम श्रेष्ठलाई वडा अध्यक्षमा उमेदवार बनाउने निर्णय गरिएको छ भने वडा सदस्यमा तुल्सीराम ज्ञवाली, लालबहादुर खत्री, रमा कुवर र मिना नेपाली सर्वसम्मत छनौट भएका छन।

    यता वडा न.६ मा रोमनाथ पौडेललाई एमालेले वडा अध्यक्षमा उम्मेदवार बनाउने भएको छ। पौडेल सङ्गै ओमबहादुर काला, ज्ञानबहादुर काला, बुद्दिमति लामिछाने र कृष्णा नेपालीलाई सर्वसम्मत रुपमा वडा  सदस्यमा उम्मेदवार बनाउने निर्णय एमालेले गरेको छ। पाँचदलिय  गठबन्धनलाई पराजित गरि  पुनः रुरुक्षेत्रमा आफ्नो बर्चस्व कायम राख्ने नेकपा एमालेको दाबी छ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • # नेकपा एमाले
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।