काठमाडौं । केही साताअघि एक्लै निर्वाचन लड्ने उद्घोष गर्दै आएको नेपाल कम्युनिस्ट पार्टी एमालेले आसन्न स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने दलहरूको खोजी तिब्र पारेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिंङ्देनले एमालेसँग गठबन्धन नगर्ने संकेत गरेपछि एमालेले अन्यदलको खोजी गर्ने क्रममा कमल थापा नेतृत्वको राप्रपा नेपाल र नेपाल परिवार दलसँग चुनावी एकता गर्ने सहमति गरेको छ । 
बुधबार भएका दुबै सहमतिमा एमालेको तर्फबाट स्थानीय विभाग प्रमुख देबेन्द्र दाहालले हस्ताक्षर गरेका छन् । त्यसैगरी राप्रपासंग भएको सहमतिमा सो पार्टीका स्थानीय निकाय परिचालन विभागका प्रमुख सुशील कुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् भने नेपाल परिवार दलसँग भएको सहमतिमा सो पार्टीका महामन्त्री सन्तोष कुमार पौडेलले हस्ताक्षर गरेका छन् ।
फरक फरक पत्रमा भएको सहमति अनुसार राप्रपा नेपाल र एमाले तथा नेपाल परिवार दल र एमाले सबैले सूर्य चुनाव चिन्हबाट देशैभरी गठबन्धन गरेर निर्वाचन लड्ने उल्लेख छ । 
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology