काठमाडौँ । दक्षिण एसियाली महिला फुटबल प्रतियोगिता (साफ महिला) का लागि ३५ सदस्यीय प्रारम्भिक टोली घोषणा गरिएको छ ।
मुख्य प्रशिक्षक नविन न्यौपानेले प्रारम्भिक बन्द प्रशिक्षणका लागि ३५ जनाको टिम घोषणा गरेका हुन् । यही वैशाख १४ गतेदेखि सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघको परिसरमा सुरु हुने तय गरिएको छ ।
प्रतियोगिता जेठ ११ देखि जेठ २४ गतेसम्म भारतको गोवास्थित फतोरदा रंगशालामा सञ्चालन हुनेछ । यस प्रतियोगितामा बारम्बार उपविजेता बन्दै आएको नेपाल यसपटक प्रशिक्षक न्यौपानेको नेतृत्वमा पहिलो उपाधि जित्ने लक्ष्यमा रहनेछ ।
प्रारम्भिक टोलीमा अञ्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर, अनिता बस्नेत, अनिता लाम्जेल, अनिता केसी, अस्मिता नेपाली, वर्षा ओली, बिमला बीके, बिमला चौधरी, बिर्सना चौधरी, दीपाशाही, गीता राना, हीरा भुजेल, जेनिफर राना, मानमाया दमाई, मीना देउवा, नेहा कुमारी चौधरी, निशा ठोकर, पूनम छेम्जोङ, प्रतीक्षा चौधरी, प्रीति राई, पूजा राना, पूर्णिमा राई, रश्मि कुमारी घिसिङ, रेखा पौडेल, रेनुका नगरकोटी, सबिना चौधरी, सजनी ठोकर, समीक्षा घिमिरे, सरस्वती हमाल, सारु लिम्बु, सिलु परियार, सुकृया मिया, सुशीला कुमारी र उषा नाथ रहेका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology