Logo

२०८३, आश्विन १०गते


images
images

सुनवल-७ मा एमाले-काङ्ग्रेस परित्याग गरि दर्जनबढी नेताकार्यकर्ता माओवादीमा प्रवेश

सुनवल-७ मा एमाले-काङ्ग्रेस परित्याग गरि दर्जनबढी नेताकार्यकर्ता माओवादीमा प्रवेश

images
  • सुनवल-७ मा एमाले-काङ्ग्रेस परित्याग गरि दर्जनबढी नेताकार्यकर्ता माओवादीमा प्रवेश
    images
    images

    सुस्मन विश्वकर्मा, सुनवल ।   निर्वाचन जति नजिकिदै छ, विभिन्न पार्टी छाड्ने र प्रवेश गर्नेहरूको चहलपहल पनि उत्तिकै बड्दै छ । सोही क्रममा नवलपरासीको सुनवल ७ मा विभिन्न पार्टी परित्याग गरि नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) मा दर्जनौंको संख्यामा नेता कार्यकर्ताहरु प्रवेश गरेको माओवादीले  जनाएको छ । वाईसीएल नेपाल सुनवल वडा नं. ७ ले आयोजना गरेको युवा तथा महिला भेला कार्यक्रमबीच उनिहरुले पार्टी प्रवेश गरेको बताइएको छ । 

    images
    images
    images

    पार्टीमा नवाआगन्तुक नेता कार्यकर्तालाई कार्यक्रमका प्रमुख अतिथी पार्टीका लुम्बिनी प्रदेश सल्लाहकार समितिका सदस्य नरबहादुर खातीलगायत अन्य नेताहरुले स्वागत गरेका थिए । नवआगन्तुक नेता कार्यकर्तालाई स्वागत गर्दै खातीले माओवादीमा प्रवेश गर्नेको लर्को बढेकाे बताए । उनले भने, "हामीले यो समाज र रास्ट्रको विकास गर्न तत्पर छौ । त्यसैले जनताले हामीलाई चिन्न थाले । " वैशाख ३० गतेको स्थानीय निर्वाचनमा वडा नं. ७ मा नेकपा माओवादी केन्द्रको झन्डा फर्फराउने उनले दाबी गरे । 

    images
    images
    images

    पार्टीमा राजकुमारी चौधरी,कौसिल्या यादव,रुकमाया पटेल,खनिसरा सारु,विजय थापा,छविकला पुलामी,गोमा कुमाल,यमुना साही,हिरा के.सि.,कुमारी बि.क.,धनमाया कुवर,खेम बहादुर कुवर,यमकला कुवर,पार्वती कुवर,जीवन सारु,बलिराम बिक,कृष्ण न्यौपाने लगायतले प्रवेश गरेको माओवादीले जनाएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।