२० वैशाख एजेन्सी- इण्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सले सनराइजर्स हैदरावादलाई ५५ रनले पराजित गरेको छ । राजस्थानले
जोस बटलरको शतकमा शानदार जित निकालेको हो ।
राजस्थानले दिएको २२१ रनको लक्ष्य पछाएको हैदरावादले २० ओभरमा ८ विकेट गुमाउदै १६५ रन बनाएपछि खेल ५५ रनले हारेको हो ।
हैदरावादले केन विलियम्सलाई नयाँ कप्तान बनाएपछि पहिलो खेलमा नै फराकिलो हार बेहोरेको हो । हैदरावादका लागि ओपनिङ गरेका मनिस पाण्डेले सर्वाधिक ३१ रन बनाउँदा अर्का ओपनर जोनी बेयर्स्टोले ३० रन जोडे । कप्तान केन विलियम्सले २० रन बनाए ।
राजस्थानका क्रिस मोरिस र मुस्ताफिजुर रहेमानले ३-३ विकेट लिए भने यस्तै कार्तिक त्यागी र राहुल तेवाटियाले समान १ विकेट लिए ।
यसअघि टस टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २२० रन बनाएको थियो । त्यसका लागि जोस बटलरले शानदार ब्याटिङ गरे । उनले ६४ बलमा ११ चौका र ८ छक्का प्रहार गरे । यस्तै कप्तान सञ्जु शामसनले ४८ रन बनाए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology