Logo

२०८३, आश्विन १०गते


images
images

समाचार

भैरहवामा क्यासिनोमा जुवा खेल्दै गरेका १९ नेपाली नागरिक पक्राउ

भैरहवामा क्यासिनोमा जुवा खेल्दै गरेका १९ नेपाली नागरिक पक्राउ

images
  • भैरहवामा क्यासिनोमा जुवा खेल्दै गरेका १९ नेपाली नागरिक पक्राउ
    images
    images

    बुटवल । रुपन्देहीमा क्यासिनोभित्र जुवा खेल्दै गरेका १९ नेपाली नागरिकहरू प्रहरीले पक्राउ गरेको छ। 

    images
    images
    images

    लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ तथा सम्बन्धित कार्यालयबाट खटिएको संयुक्त टोलीले आकस्मिक अनुगमनका क्रममा जुवा खेलाउने कार्यमा संलग्न ४ जान र जुवा खेलिरहेका १५ जनालाई नियन्त्रणमा लिएको हो।

    images
    images
    images

    प्रहरीका अनुसार गएराती सिद्धार्थनगर नगरपालिका–१० स्थित रोयल कालिङ्गा क्यासिनोमा चेकजाँच गर्दा नेपाली नागरिकहरू जुवा खेलिरहेको अवस्थामा फेला परेका थिए । सो क्रममा नगद तथा अन्य सामग्रीसहित उनीहरूलाई पक्राउ गरिएको जनाइएको छ ।

    images
    images
    images

    कारबाहीका क्रममा प्रहरीले ९५ हजार ५ सय नगद, विभिन्न कम्पनीका १७ थान मोबाइल सेट तथा २०० थान क्यासिनो सिक्का बरामद गरेको जानकारी दिएको छ ।

    यसैगरी, जुवा खेलाउने कार्यमा संलग्न क्यासिनो व्यवस्थापकलाई समेत प्रहरीले नियन्त्रणमा लिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # क्यासिनो
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।