Logo

२०८३, आश्विन १०गते


images
images

स्थानीय तह निर्वाचन

रुरुक्षेत्रमा एमालेकाे घरदैलाे अभियान शुरु

रुरुक्षेत्रमा एमालेकाे घरदैलाे अभियान शुरु

images
  • रुरुक्षेत्रमा एमालेकाे घरदैलाे अभियान शुरु
    images
    images

    कृष्ण अन्जान, गुल्मी । उम्मेदवारी दर्ता गरे सँगै नेकपा एमालेले रुरुक्षेत्र गाउँ पालिकामा घरदैलाे कार्यक्रमलाई तिव्रता दिएकाे छ । बिहानै झिसमिसे देखि नेकपा एमाले वडा न १ कमिटीले उम्मेदवारकाे टाेली सहित रुरुक्षेत्र गाउँ पालिकाकाे रिडीबजारकाे पिपलटारी देखि घरदैलाे कार्यक्रम शुरुवात गरेकाे रुरुक्षेत्र १ बाट वडाअध्यक्षका उम्मेदवार रहेका पार्टी अध्यक्ष नवराज वि क ले जानकारी दिए ।

    उनका  अनुसार पहिलो चरणमा पिपलटारी मकवादी क्षेत्रमा घरदैलाे गर्दै च्यूरेककाे उपल्लो क्षेत्रमा घरदैलाे कार्यक्रम गरिएकाे छ ।

    रुरुक्षेत्र गाउँपालिका वडा न १ का वडाध्यक्ष उम्मेदवार नवराज विक ,खुल्ला पुरुष तर्फबाट उम्मेदवार बनेका  उम्मेदवार शुसिल श्रेष्ठ ,घनस्याम ज्ञवाली महिला सदस्य लक्ष्मी भट्टराई र दलित महिला सदस्य लक्ष्मी विक सहित नेकपा एमालेका स्थानिय नेता  अखिल नेपाल महिला सँघ ,राष्ट्रिय युवा सँघ ,अनेरास्ववियु ,जेष्ठ कम्युनिस्ट कार्यकर्ता प्रेस चौतारी मजदुर सँगठन  लगाएतका जनवर्गीय सँगठन हरु सम्मिलित टाेलीले जनसमुदाय सँग भेटघाट छलफल सँगै गुनासाहरु सँकलन र पार्टीका एजेन्डा सहित घरदैलाे गरेकाे सो पार्टीले जनाएको छ ।


    यसैगरी रुरुक्षेत्र गाउँ पालिकामा नेकपा एमालेका प्रमुख र उप प्रमुख हिमाल कुमार श्रेष्ठ र मिना गौतमले मँगलवार देखि विधिवत रुपमा रिमुवाबाट आफ्नो घरदैलाे अभियान  शुरु गरेका छन् ।

    रुरुक्षेत्र गाउँपालिका वडा न ६ का वडाध्यक्षका उम्मेदवार राेमनाथ पौडेल ,पुरुष तर्फबाट वडा सदस्यका उम्मेदवार ज्ञान बहादुर काला ,ओम बहादुर काला ,महिला वडा सदस्य वुद्दिमती लामिछाने र दलित महिलाग वडा सदस्य कृष्ण नेपालीकाे नेकपा एमाले वडा न ६ वडा कमिटी र जनवर्गीय सँगठन लगाएतका नेता कार्यकर्ता हरुकाे टाेलिले रिमुवाका टाेलटाेलमा जनसमुदाय सँग भेटघाट छलफल र पार्टीका नीति र कार्यक्रम र एजेन्डा सहितकाे प्रतिबद्धता सँगै घरदैलाे कार्यक्रम शुरु गरिएकाे छ ।

    मुख्यतः एमाले सरकारले गरेका कामहरु बारे जनतामा राख्दै गरिएकाे घरदैलाे कार्यक्रममा जनताकाे उत्साहजनक सहभागिता रहेकाे रुरुक्षेत्र गाउँपालिकाका नेकपा एमालेबाट अगाडी सारिएका प्रमुखका उम्मेदवार हिमाल कुमार श्रेष्ठले बताए ।

    "घरदैलाे कार्यक्रम गर्दै गर्दा आम जनसमुदायले एमाले प्रति दर्साएकाे माया र सदभावले एमालेकाे नीति कार्यक्रम प्रति जनता झनेै आशावादी रहेकाे र सूर्य चिन्ह प्रति अगाधमा माया गरेकाे महशुस गरेका छौँ" नेकपा एमालेका जिल्ला सचिवालय सदस्य सँगै रुरुक्षेत्र गाउँपालिकाका नेकपा एमालेका ईन्चार्ज समेत रहेका प्रमुख पदमा उम्मेदवार श्रेष्ठले भने ।

    यसैगरी वडा न ५ बम्घा वडा न ४ बलेटक्सार वडा न २ ग्वादि वडा न ३ थानपतिमा  पनि एमालेका वडा अध्यक्ष र वडा सदस्य सहित पार्टीको ठुलाे पँक्ति घरदैलाेमा जनता सँग प्रत्यक्ष सम्पर्कमा रहेकाे नेकपा एमालेले बताएकाे छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • # नेकपा एमाले
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।