Logo

२०८३, आश्विन १०गते


images
images

खेल

नवीकरण नगराउने खेल संघहरुलाई खेलकुद परिषदको चेतावनी

नवीकरण नगराउने खेल संघहरुलाई खेलकुद परिषदको चेतावनी

images
  • नवीकरण नगराउने खेल संघहरुलाई खेलकुद परिषदको चेतावनी
    images
    images

    काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले राष्ट्रिय खेल संघहरुलाई असार १५ सम्म नवीकरण गरिसक्न निर्देशन दिएको छ । 

    images
    images
    images

    राष्ट्रिय खेल संघहरुले बारम्बारको सूचनामा पनि संघको नवीकरण प्रक्रिया पूरा नगरेपछि राखेपले वैशाख ३१ गते चेतावनीसहितको सूचना प्रकाशन गरेको हो ।

    images
    images
    images

    बारम्बारको सूचना प्रकाशन पश्चात पनि संघहरुले ताकेता चासो नदेखाएपछि राखेपले कानुन बमोजिमको कारबाही हुने भन्दै सूचनामा उल्लेख गरिएको छ ।  राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को परिच्छेद २६ को १० मा राखेपमा दर्ता भएका संघहरुले ऐनमा उल्लेख गरिएअनुसार नवीकरणको प्रक्रिया पूरा नगरे संघहरु स्थानीय खेल संघ तथा क्लबको स्तरमा गरिने भनेर उल्लेख गरिएको छ ।

    images
    images
    images

    परिषदले भनेको छ- 

    राष्ट्रिय खेलकुद परिषद्मा प्रचलित कानुन बमोजिम दर्ता आबद्धता रहेका राष्ट्रिय खेल संघ वा महासंघहरुलाई राष्ट्रिय खेलकुद विकास ऐन, २०७० को कार्यान्वयनका लागि मिति २०७९/१२/३० (हिमालय टाईम्स) र मिति २०८०/०७/२० ( गोरखापत्र) मा सार्वजनिक सूचना प्रकाशन गरिएको सर्वविधितै छ ।

    राष्ट्रिय खेलकुद विकास ऐन, २०७० तथा नियमावली, २०५९ बमोजिमको प्रकृया पूरा गर्न पटक पटक सूचना प्रकाशन गर्दा पनि हाल सम्म परिषद्मा दर्ता आवद्धता भएका राष्ट्रिय खेल संघ वा महासंघहरुले प्रचलित कानुन बमोजिम अनिवार्य रुपमा कार्यान्वयन गर्नु पर्ने सांगठनिक संरचना निर्माण, आवधिक निर्वाचन, नविकरण तथा प्रचलित कानुन बमोजिम अनिवार्य रुपमा गर्नु पर्ने विषयहरु हाल सम्म पनि कार्यान्वयन गरेको नदेखिएको हुदाँ राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २२ को (२) र (४), दफा २३, २४ तथा दफा २८ को प्रकृया पूरा गरेका राष्ट्रिय खेल संघ वा महासंघहरुले राष्ट्रिय खेलकुद विकास नियमावली, २०७९ (दोश्रो संसोधन, २०८२) अनुरुप मिति २०८३ असार १५ गते भित्र तोकिए बमोजिमको प्रकृया पूरा गरी नविकरण गर्नका लागि यो सूचना प्रकाशित गरिएको छ । तोकिएको समय भित्र नविकरण नभएमा प्रचलित कानुन बमोजिम भैजाने समेत यसै सूचनाद्वारा जानकारी गराईन्छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # खेलकुद परिषद
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।