Logo

२०८३, आश्विन ९गते


images
images

बैंक तथा वित्तीय संस्था

देशभर ५४ बैंक तथा वित्तीय संस्थाका ६ हजार ४१९ शाखा, निक्षेप खाता ६ करोड २४ लाखभन्दा बढी

देशभर ५४ बैंक तथा वित्तीय संस्थाका ६ हजार ४१९ शाखा, निक्षेप खाता ६ करोड २४ लाखभन्दा बढी

images
  • देशभर ५४ बैंक तथा वित्तीय संस्थाका ६ हजार ४१९ शाखा, निक्षेप खाता ६ करोड २४ लाखभन्दा बढी
    images
    images

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२ चैत मसान्तसम्मको तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थामा निक्षेप र कर्जाको आकार उल्लेख्य रूपमा बढेको छ ।

    images
    images
    images

    चैत्र मसान्तसम्मको तथ्यांकअनुसार कुल निक्षेप जीडीपी अनुपात १२९. ६५ प्रतिशत पुगेको छ भने कुल कर्जा जीडीपी अनुपात ९६.७३ प्रतिशत कायम भएको छ । कुल निक्षेपको तुलनामा कुल कर्जा अनुपात ७४. ६१ प्रतिशत रहेको छ ।

    images
    images
    images

    बैंकिङ प्रणालीमा खराब कर्जा अर्थात् निष्क्रिय कर्जा कुल कर्जाको ५. ६० प्रतिशत पुगेको छ । यस्तै कुल कर्जामा कर्जा नोक्सानी व्यवस्था अनुपात ५.९२ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । तरलता अवस्थातर्फ हेर्दा कुल निक्षेपको तुलनामा तरल सम्पत्ति अनुपात ३५. ३७ प्रतिशत पुगेको छ । त्यस्तै सरकारी ऋणपत्रमा गरिएको लगानी कुल निक्षेपको १४. ८९ प्रतिशत रहेको छ । पूँजी पर्याप्तता सूचकमा कोर क्यापिटल अनुपात ९. ७२ प्रतिशत र कुल पूँजी पर्याप्तता अनुपात १२. ६२ प्रतिशत कायम रहेको देखिएको छ ।

    images
    images
    images

    राष्ट्र बैंकका अनुसार हाल देशभर ५४ वटा बैंक तथा वित्तीय संस्था सञ्चालनमा छन् । ती संस्थाका शाखा संख्या ६ हजार ४१९ पुगेका छन् । बैंकिङ पहुँच विस्तारसँगै निक्षेप खाताको संख्या ६ करोड २४ लाखभन्दा बढी पुगेको छ भने ऋण खाताको संख्या २० लाख ४४ हजारभन्दा धेरै रहेको छ ।

    मोबाइल बैंकिङ प्रयोगकर्ता २ करोड ९७ लाख ७५ हजारभन्दा बढी पुगेका छन् । इन्टरनेट बैंकिङ प्रयोगकर्ता २४ लाखभन्दा बढी छन् । एटिएम मेसिन संख्या ५ हजार १७४ पुगेको छ । डेबिट कार्ड प्रयोगकर्ता १ करोड ३८ लाखभन्दा बढी रहेका छन् भने क्रेडिट कार्ड संख्या ३ लाख २९ हजारभन्दा बढी पुगेको छ ।

    ब्याजदरतर्फ औसत निक्षेप ब्याजदर ३.४० प्रतिशत कायम भएको छ । बचत निक्षेपमा औसत ब्याजदर २.९० प्रतिशत, मुद्दती निक्षेपमा ५.०९ प्रतिशत र कल निक्षेपमा ०.६७ प्रतिशत रहेको छ । यस्तै औसत कर्जा ब्याजदर ६.७७ प्रतिशत कायम भएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बैंक
  • # वित्तीय संस्था
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।