Logo

२०८३, कार्तिक २८गते


images
images

मन्त्रिपरिषदको बैठकले के के निर्णय गर्यो ?

मन्त्रिपरिषदको बैठकले के के निर्णय गर्यो ?

images
  • मन्त्रिपरिषदको बैठकले के के निर्णय गर्यो ?
    images

    काठमाडौँ । सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को महानिर्देशकमा सहसचिव मुकेश डंगोललाई नियुक्त गर्ने निर्णय गरेको छ ।

    images
    images
    images

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव ढंगोललाई क्यानको महानिर्देर्शक पदमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सञ्चारकर्मीलाई जानकारी दिए ।

    images
    images
    images

    मन्त्रिपरिषद् बैठकले सहकारीमा भएको बेथिति जाँचबुझ आयोग, २०८२ को प्रतिवेदन सार्वजनिक गर्ने निर्णय पनि गरेको छ । त्यसै गरी, आर्थिक वर्ष २०८३-८४ का लागि वर्षे धान बालीको न्यूनतम समर्थन मूल्य निर्धारण गर्दै मोटा धानको प्रति क्विन्टल रु ३,६६० र मध्यम धानको  मूल्य प्रतिक्विन्टल रु ३, ८६० तोकिएको छ । 

    images
    images

    मन्त्रिपरिषद्ले नेपाल–चीन जोड्ने विद्युत प्रसारण लाइन आयोजना (चिलिमे–केरुङ) को कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्तर पत्र 'लेटर अफ रिप्लाईङ' स्वीकृत गर्ने निर्णय गरेको मन्त्री पोखरेलले बताए ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।