Logo

२०८३, आश्विन १०गते


images
images

क्यानको केन्द्रीय सम्झौतामा २५ महिला क्रिकेट खेलाडी, को कुन श्रेणीमा परे ?

क्यानको केन्द्रीय सम्झौतामा २५ महिला क्रिकेट खेलाडी, को कुन श्रेणीमा परे ?

images
  • क्यानको केन्द्रीय सम्झौतामा २५ महिला क्रिकेट खेलाडी, को कुन श्रेणीमा परे ?
    images
    images

    काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय महिला क्रिकेट खेलाडीको नयाँ केन्द्रीय सम्झौता सार्बजनिक गरको छ । 

    images
    images
    images

    क्यानले २५ महिला खेलाडीसँग केन्द्रीय सम्झौता गर्दै चार श्रेणीमा बर्गिकरण गरेर मासिक पारिश्रमिक दिने भएको छ ।

    images
    images
    images

    महिलातर्फ ए श्रेणीमा कप्तान इन्दु बर्मा, उपकप्तान पूजा महतो, पूर्वकप्तानद्वय रुविना क्षेत्री र सिता रानामगरलाई राखिएको छ । उनीहरुलाई क्यानले मासिक ५५ हजार पारिश्रमिक दिने जानकारी दिएको छ । 

    images
    images
    images

    त्यस्तै बी श्रेणीमा कविता कुँवर, सम्झना खड्का र मनिषा उपाध्याय रहेकी छन् ।  उनीहरुले मासिक ४० हजार पारिश्रमिक पाउने छन् । त्यस्तै सी श्रेणीमा विन्दु रावल, कबिता जोशी, रुबी पोदार र रिया शर्मा रहेका छन् ।  उनीहरुले मासिक ३० हजार पारिश्रमिक पाउने छन् ।  त्यस्तै डी समुह (डेभलपमेन्ट) मा रोमा थापा, सुमन विष्ट, इश्वरी विष्ट, सोनी पाख्रिन, साना प्रविन, सावित्री धामी, काजल श्रेष्ठ, सीमाना केसी, अनु कडायत, यशोदा विष्ट, लक्ष्मी साउद, ममता चौधरी, अश्मिना कर्माचार्य र रचना चौधरी रहेका छन् । उनीहरुले मासिक २५ हजार पारिश्रमिक पाउने क्यानले जनाएको छ । 

    क्यानका अनुसार महिला तथा पुरुष खेलाडीलाई म्याच फि को रुपमा हरेक टी- २० खेल बापत १० हजार र एकदिवसीय खेल बापत १५ हजार अलग्गै पाउने जानकारी दिएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।