Logo

२०८३, कार्तिक २८गते


images
images

बर्दिबासमा तनाव, बस्ति हटाउने सूचना दिन गएको वन कार्यालयको गाडी जलाइयो

बर्दिबासमा तनाव, बस्ति हटाउने सूचना दिन गएको वन कार्यालयको गाडी जलाइयो

images
  • बर्दिबासमा तनाव, बस्ति हटाउने सूचना दिन गएको वन कार्यालयको गाडी जलाइयो
    images

    बर्दिबास । महोत्तरीको बर्दिबासमा स्थानीयले वन कार्यालयको गाडी जलाएका छन् ।

    images
    images
    images

    गए राति डिभिजन वन कार्यालयको टोली वन क्षेत्र खाली गराउन सूचना जारी गर्न पुगेको अवस्थामा स्थानीयले उनीहरुलाई नियन्त्रणमा लिएर गाडी जलाइदिएका हुन् ।

    images
    images
    images

    महोत्तरीका प्रमुख अजय कुमार मिश्रले गए राति करिब १२ बजे वन कार्यालयको गाडीमा आगजनी गरिएको बताएका छन् । स्थानीयले विपी राजमार्ग अवरुद्ध गर्दै वन कर्मचारीलाई घेराउ गरेपछि सुरक्षाकर्मीले उनीहरुको उद्धार गरेको थियो ।

    images
    images

    महोत्तरीको राजाबास, कालापानी र वरडाडालगायत क्षेत्रमा करिब १ हजार १ सय हेक्टर अतिक्रमण गरिएको वन क्षेत्र खाली गराउन प्रक्रिया अघि बढाएपछि स्थानीय आक्रोशित भएको बताएका छन् । उनीहरुले मंगलबार बिहान सडक अवरुद्ध गरेर प्रदर्शन जारी राखेका छन् ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # महोत्तरीको बर्दिबास
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।