Logo

२०८३, आश्विन १०गते


images
images

संसदमा हर्क साम्पाङको सभामुखलाई आग्रह- या प्रधानमन्त्रीलाई बोलाउनुस या त मलाई निकाल्नुस !

संसदमा हर्क साम्पाङको सभामुखलाई आग्रह- या प्रधानमन्त्रीलाई बोलाउनुस या त मलाई निकाल्नुस !

images
  • संसदमा हर्क साम्पाङको सभामुखलाई आग्रह- या  प्रधानमन्त्रीलाई बोलाउनुस या त मलाई निकाल्नुस !
    images
    images

    काठमाडौँ ।  श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधि सभामा आज पनि प्लेकार्ड देखाएर प्रधानमन्त्रीलाई संसदप्रति जवाफदेहि बनाउन माग गरेका छन् । 

    images
    images
    images

    बुधबारको प्रतिनिधि सभाको बैठक शुरु हुनै लाग्दा अध्यक्ष साम्पाङले प्रधानमन्त्रीलाई संसदप्रति जवाफदेखि बनाउनुपर्ने भाग गर्दै प्लेकार्ड देखाएका हुन् । साम्पाङले या त नियमावलीकै व्यवस्था अनुसार प्रधानमन्त्रीलाई संसदमा बोलाउन या नियमावलीकै व्यवस्था अनुसार आफुलाई संसदबाट बाहिर निकाल्न आग्रह गरेका थिए ।  

    images
    images
    images

    उनले भने- सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नु भएको छैन । त्यसकारणले आजको सदनमा म के भाग गर्छु भने यहाले प्रधानमन्त्रीज्यूलाई नियमको १५ को २ अनुसार सदनमा जवाफदेहि बनाएर ल्याउन सक्नुहुन्न भने नियमावलीको ३१ को १ लागु गरेर मलाई यो सदनबाट निस्कासित गरेर गरिमा बढाउन माग गर्दछु ।'

    images
    images
    images

    साम्पाङको आग्रहपछि सभामुख अर्यालले रुलिङ गर्न अस्वीकार गरेपछि उनले संसद बैठकबाट बाहिरिएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।